Comments Add Comment

घुस लिएको आरोपमा एक प्रहरी नायब निरीक्षकविरुद्ध मुद्धा दायर

२९ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी प्रभाग थली काठमाडौंमा कार्यरत प्रहरी नायब निरीक्षक विपिनचन्द्र पन्तविरुद्ध बुधबार विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

सवारी दुर्घटनासम्बन्धी विषयमा मिलापत्र गरिदिने भन्दै सेवाग्राहीसँग ५  हजार रुपैयाँ घुस लिएको आरोपमा पन्तविरुद्ध मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

मिलापत्र गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचनाका आधारमा खटिइएको आयोगको टोलीले पन्तलाई घुससहित नियन्त्रणमा लिएको उनले बताए । पन्तलाई ५ हजार रुपैयाँ बिगो माग दाबीसहित मुद्धा दायर गरिएको कोइरालाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment