Comments Add Comment

मन्त्रिपरिषद् पुनर्गठन प्रधानमन्त्रीको स्वविवेकको कुरा हो : पोखरेल

२९ असोज, काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले मन्त्रिपरिषद् पुनर्गठन प्रधानमन्त्रीको स्वविवेकको कुरा भएको बताएका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नै दशैं, तिहार, छठ लगायतका पर्वका अवसरमा काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरको चियापान कार्यक्रममा उनले पत्रकारहरुसँग भने, ‘मन्त्रिपरिषद पुनर्गठनको कुरा गर्दा, मन्त्रीहरु परिवर्तन हुन सक्छन । त्यो प्रधानमन्त्रीको स्वविवेकको कुरा हो, त्यसकारण यसमा अन्यथा टिप्पणी गर्नुपर्ने जरुरी छैन ।’

मन्त्री पोखरेलले राष्ट्रिय मुद्धाहरुमा कांग्रेस र नेकपा एकै ठाउँमा रहेको पनि बताए । ‘चाडपर्व रमाइलोका लागि मात्रै होइन । सामाजिक सद्भावलाई सुदृढ बनाउने अवर पनि हो । यस ढङ्गले लिनुपर्छ । राष्ट्रिय मुद्धाहरुमा कांग्रेस हामी पनि संगै छौं । चियापानको संदेश पनि यहि हो ।’ उनले भने ।

उनले सरकार कसरी समृद्धि हासिल गर्ने भन्ने दिशामा रहेको र चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले त्यसलाई सघाएको पनि बताए । उनी भन्छन्, ‘चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण उपलब्धीपूर्ण रह्यो, विकास र समृद्धिका लागि महत्वपुर्ण छ र यसले दुई मुलुकबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याएको छ ।’

राप्रपाका अध्यक्ष कमल थापाले भने चाडपर्वले दलहरुलाई नजिक ल्याउने बताए ।

‘यसको सदुपयोग गर्दै दलहरुले समृद्धिका लागि मिलेर काम गर्नुपर्छ । मुलुकको राष्ट्रियताको सम्बद्र्धन र संरक्षणका लागि, मुलुक, प्रजातन्त्र र जनताको हितका निम्ति सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्छ । यसमा सबै मिलेर अघि बढनुको विकल्प छैन्,’ चियापनमा उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment