Comments Add Comment

इन्टेरियरका आवश्यक कुराहरु

वर्षभरी व्यस्त भएका कारण हामी चाहेर पनि घरको इन्टेरियरलाई परिवर्तन गर्न पाएका हुँदैनौं । त्यसैले हामी एकै प्रकारको सजावट देखेर दिक्क पनि हुन थाल्छौं ।

यदि तपाईंलाई पनि यस्तै लागेको छ भने नजिकिँदै गरेको तिहारको अवसरमा आफ्नो घरको इन्टेरियरमा केही नयाँ कुरा समावेश गरेर नयाँ र शानदार देखाउन सक्नु हुन्छ ।

एन्ट्रिन्स डोरीको प्रयोग

एन्ट्रेन्स डोरीको प्रयोगले तपाईंको घर सुन्दर देखिने मात्र नभएर यसले आफन्तलाई प्रवेश दिनुको साथै उनीहरुलाई बाँधेर पनि राख्छ । त्यसैले यस्तो डोरीले विशेष किसिमले सजावट गर्नु आवश्यक हुन्छ । तपाईं रंगको प्रयोग गरेर डोरीलाई नयाँ बनाउन सक्नु हुन्छ साथै तोरणले पनि सजाउन सकिन्छ ।

फूलले सजाइएको तोरणको डोरीले पनि घर सजाउन सकिन्छ । त्यस्तै घण्टि, रिबन, रंगिविरंगी सिसाहरुले बनेका डोरीहरु पनि आकर्षक देखिन्छ । विशेष गरेर डोरीमा सजाइएको घण्टिबाट निस्कने आवाज सुमधुर सुनिन्छ, जसले आनन्द महसुस हुन्छ ।

रि-एरेजञ्ज र रि-लूक

एकै प्रकारको डिजाइन र लुक्स कसैलाई पनि मन पर्दैन, विशेष गरी चाडपर्वको अवसरमा । यस्तो अवसरमा जो कोहीलाई पनि केही नयाँ होस् भन्ने चाहना हुन्छ । तर यसो भन्दैमा घरको सबै कुरा परिवर्तन गर्नु पर्छ भन्ने होइन । आफ्नो बैठक कोठालाई हल्का रि-एरेन्ज र रि-लुक्स दिएर फरक देखाउन सकिन्छ ।
यसको लागि सर्वप्रथम तपाईंले आफ्नो बैठक कोठाको स्पेसलाई ध्यान दिनु पर्छ । यदि तपाईंको बैठक कोठा ठूलो छ भने साइड कर्नरहरु राखेर त्यसलाई सुन्दर देखाउन सकिन्छ ।

यसबाहेक कुनै सुन्दर इन्डोर प्लान्टको प्रयोग गरेर घरलाई सुन्दर देखाउन सकिन्छ । यदि तपाईंको कोठामा ठाउँ कम छ भने सोफाको सेटिङमा केही फेरबदल गरेर ठूलो देखाउन सक्नु हुन्छ ।

सोफासँग ठूलो टेबुल भन्दा सानो कफी टेबल राख्नु पर्छ, जसले कोठा फरक देखिनुको साथै ठाउँ पनि फराकिलो देखिन्छ । कोठालाई फरक देखाउनका लागि भित्तामा रंग लगाउनु भन्दा वालपेपर पनि लगाउन सक्नु हुन्छ । यसले भित्तासँगै घरलाई पनि नयाँ जस्तो देखाउन सहयोग गर्छ ।

कुसनको खोल

हरेक तिहारमा सोफा फेर्न सम्भव हुँदैन तर सोफालाई नयाँ देखाउनका लागि लेटेस्ट डिजाइनका कुसनका खोलहरु उपलब्ध छन्, जसको प्रयोगले तपाईंले सोफाको साथै कोठालाई पनि आकर्षक देखाउन सक्नु हुन्छ । हिँजोआज प्रिन्टेड, एम्ब्रोयडर्ड, थीम बेस्ड, स्टोन वर्क, मल्टी कलर्ड कुसन कभर्स, टेक्स्ट वर्क, ब्लक पि्रन्ट कुसन कभर, टील कभर, सिल्क कभर, भ्यालेट कुसन कभर, ह्यान्डमेड कुसन कभरहरु बजारमा उपलब्ध छन् ।

पर्दाको प्रयोग

घरमा पर्दा भएन भने झ्याल-ढोकाको सुन्दरता नै फिक्का हुन्छ । यदि तपाईंले यो तिहारमा घरमा रंग नलगाउने सोच्नु भएको छ भने पर्दा फेरेर पनि घरलाई फरक देखाउन सक्नु हुन्छ । अहिले कटनको पर्दा मात्र प्रयोग गर्नु पर्छ भन्ने छैन, हिँजोआज नेट, टिसु, लिनेन, क्रस र सिल्कको पर्दाहरु प्रयोग गर्न सकिन्छ ।

यो तिहारमा तपाईं नेटको पर्दाको बीचमा सिल्क अथवा टिसुको पर्दा प्रयोग गरेर आफ्नो कोठाहरुलाई नयाँ देखाउन सक्नु हुन्छ ।

बरन्डाको सजावट

बरन्डा सजाउन गमला प्रयोग गर्न सकिन्छ । गमलामा सिजन अनुसार रंगिविरंगी फूलहरु लगाएर आकर्षक तरिकाले राख्न सक्नु हुन्छ । बरन्डा बत्तीहरुले पनि सजाउन सकिन्छ । ब्यान्डड बत्तीको प्रयोग गर्नु पर्छ, जुन छिट्टै बिग्रँदैन्ा । स-साना दियो र ह्याङ्गिङ झुमरले पनि बरन्डा सजाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment