Comments Add Comment

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा विद्यार्थी नेता चीन प्रस्थान

१ कार्तिक,काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा नेपालका विभिन्न दल सम्बद्ध १२ युवा-विद्यार्थी नेताहरुको टोली आज चीन प्रस्थान गरेको छ।

१५ दिने अध्ययन भ्रमणका क्रममा टोलीलाई चिनियाँ विशेषताको समाजवाद , चीनको विकास मोडल र गरिबी निवारणका प्रयासवारे अवगत गराइने भ्रमण दलमा सम्बद्ध अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जनाए ।

भ्रमण टोलीमा सत्तारूढ नेकपा सम्बद्ध विद्यार्थी नेता सुरेन्द्र बस्नेत, ओसिम आलम , आरती लामा , सुदर्शन शिवाकोटी , कपिल आचार्य र हेमन्त रेग्मी रहेका छन् । त्यस्तै नेपाली काङ्ग्रेस सम्बद्ध पवनकुमार यादव, मिरा कटुवाल र अमिर खड्का रहेका छन् । त्यसैगरी, समाजवादी पार्टी,नेपालवाट रामप्रित पासवन र पूर्णवहादुर बस्नेत तथा नेपाल मजदुर किसान पार्टीबाट सुवेगमान बिजुक्छे रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment