+
+
Shares

नौविसे-नागढुंगा सडक शुक्रबार साँझसम्म एकतर्फी सञ्चालन हुने

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १ गते ११:५२

१ कात्तिक, काठमाडौं । नौविसे -नागढुंगा सडक शुक्रबार अपराहृनसम्म एकतर्फी मात्रै सञ्चालन हुने भएको छ ।

नौविसे-नागढुंगा सडकखण्ड अन्तर्गतको धादिङको धुनिवेशी नगरपालिका-९ स्याउलीदेखि सिक्रखोलासम्म सडक कालोपत्रे र मर्मतको काम भइरहेकोले सवारी आवागमन एकतर्फी सञ्चालन भएको हो ।

यो लामो जाम हुने सडकखण्ड हो । दिनभर एकतर्फी मात्रै सवारी सञ्चालन हुँदा शुक्रबार अझैं जाम हुने देखिएको छ ।

एकतर्फी सवारी सञ्चालनका कारण समस्या हुने भएकोले ओभरटेक नगर्न जिल्ला प्रहरी कार्यालय धादिङले सवारी चालकलाई सचे गराएको छ ।

साथै केही समस्या वा गुनासो भए यात्रु सहायता कक्षमा सम्पर्क गर्न यात्रुलाई अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?