Comments Add Comment

युवतीहरु कहाँ खर्च गर्छन् ?

युवतीहरुले कुन कुरामा मन खोलेर खर्च गर्छन् होला ? यो प्रश्न किनपनि रोचक छ भने अक्सर युवतीहरु खर्च गर्न डराउँछन् । आफ्ना साथीसंगीसँग हिँड्दा समेत उनीहरु सकेसम्म कम खर्च गर्छन् । संयुक्त रुपमा खर्च गर्ने कुरामा उनीहरु त्यती हिम्मत गर्दैनन्, जति युवाहरु गर्छन् । यस अर्थमा उनीहरु खर्चका लागि संयमित हुन्छन् ।

जबकि युवाहरु खर्च गर्नमा त्यती कञ्जुस्याँई गर्दैनन् । उनीहरु बेपर्वाह खर्च गर्छन् । चाहे जमघटमा होस् वा घुमफिरमा । साथीभाईसँग खुलेर खर्च गर्छन् । युवतीहरुमा यस किसिमको प्रवृत्ति हुँदैनन्, अपवादबाहेक । उनीहरु सामूहिक खर्च गर्न डराउँछन् । त्यसैले उनीहरु आफ्ना साथीसंगीसँग हिँड्दा होस् वा जमघट गर्दा हरेक कुरामा मितव्यायिता अपनाउँछन् । अर्थात निर्धक्क वा जथाभावी खर्च गर्दैनन् ।

यद्यपि युवतीहरुको खल्ती भने त्यसरी नै रित्तिदै हुन्छ, जसरी युवाहरुको रित्तिन्छ । उनीहरु वेपर्वाह खर्च गर्न त डराउँछन् । तर, योजनावद्ध ढंगले वा नियमित रुपमा भने खर्च गरिरहेकै हुन्छन् । आखिर युवतीहरु के कुरामा खर्च गर्छन् ?

किनमेलमा

युवतीहरुले धेरै भन्दा धेरै खर्च गर्ने भनेको किनमेलमा हो । उनीहरु कामकाजी हुनसक्छन् वा उनीहरुको अतिरिक्त आम्दानी हुनसक्छ । यसरी आर्जन गरेको धेरैजसो पैसा युवतीहरुले किनमेलमा खर्च गर्छन् । किनमेल उनीहरुको सोख पनि हो ।

किनमेल भन्दैमा पहिरन मात्र भने होइन । बजारमा जे कुरा राम्रो देख्यो, त्यसमा उनीहरु लोभिन्छन् । चाहे त्यो लुगा होस् वा सजावटको सामाग्री, भाँडावर्तन होस् वा खानेकुरा खरिद गर्छन् । आफ्ना लागि मात्र होइन, साथीभाई, आफन्त र घर-परिवारका लागि पनि उनीहरु किनमेल गरिरहेकै हुन्छन् । अतः किनमेलमा उनीहरुले धेरैजसो पैसा खर्च गर्छन् ।

पहिरनमा

युवतीहरुले नै स्विकार्ने एउटा तथ्य छ, दराजमा जतिसुकै लुगाफाटो भएपनि कतै हिँड्नेबेला उनीहरुसँग चित्तबुझ्दो लुगा हुँदैन । अर्थात जहिले पनि उनीहरुसँग लुगाफाटोको अभाव हुन्छ । लुगाफाटोको भण्डार नै हुने महिला सेलिब्रेटीहरु समेत यसै भन्ने गर्छन् । उनीहरुसँग लगाउने बेला लुगा हुँदैन ।

यसको अर्थ जतिसुकै लुगाफाटो भएपनि युवतीहरुको मन भरिदैन । उनीहरु पहिरनको सौखिन हुन्छन् र नयाँ नयाँ लुगामा ठाँटिन रुचाउँछन् । सकेसम्म एकै किसिमको पहिरन दोहोर्‍याउन नपरोस् भन्ने चाहन्छन् । यही कारण उनीहरु आफ्नो कमाईको धेरै अंश लुगाफाटोमा खर्च गर्छन् ।

शृंगारमा

पुरुषसँग तुलना गर्ने हो भने युवतीहरुले अत्याधिक मात्रामा खर्च गर्ने शृंगारमा हो । जबकि पुरुषले यस शिर्षकमा कमै मात्र खर्च गर्छन् ।

युवतीलाई मेकअपका सामाग्री अनिवार्य जस्तै हुन्छ । लिपस्टिकदेखि आइस्याडोसम्म, इयर रिंगदेखि औंठीसम्ममा उनीहरुले मन खोलेर खर्च गर्छन् । साथसाथै उनीहरु नियमितजसो पार्लर पनि धाइरहेका हुन्छन् । वाक्सिङ, फेसियल जस्ता कुराले पनि उनीहरुको खल्ती रित्याइरहेको हुन्छ ।

खानपानमा

अहिलेका युवतीहरु खानपानप्रति सचेत त छन् यद्यपि उनीहरु नयाँ-नयाँ स्वादमा भने रमाउन चाहन्छन् । फास्टफुड, जंकफुडमा पनि उनीहरुको आशक्ति हुन्छ । घरमै समेत युवतीहरु मीठो-मसिनो बनाएर जिब्रोको स्वाद फेरिरहेका हुन्छन् । खानेकुराको रेसेपी हेरेर घरमै त्यसको अभ्यास गर्छन् । आफुले कम खाए पनि अरुलाई ख्वाउनका लागि उनीहरुले थरीथरीका खानेकुरा बनाउँछन् र त्यसका लागि खर्च पनि गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment