Comments Add Comment

राजुकाजी शाक्य एनआरटीका मुख्य प्रशिक्षक

१ कात्तिक, काठमाडौं । राजुकाजी शाक्य न्यु रोड टिम (एनआरटी) क्लबका मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

शुक्रबार (आज) प्रशिक्षक राजुकाजी शाक्य र क्लबका अध्यक्ष सुन्दर जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता एक वर्षको भएको मुख्य प्रशिक्षकमा नियुक्त शाक्यले बताए ।

आगामी मंसिर २८ गतेबाट सुरु हुने शहीद स्मारक ए डिभिजन लिग फुटबलका लागि शाक्यलाई एनआरटी क्लबले मुख्य प्रशिक्षकको जिम्मा दिएको हो ।

क्लबसँग लिखित रुपमा सम्झौता भएपनि लिगमा के योजना बनाएर अघि बढ्ने त्यो क्लबसँग छलफल भएपछि मात्रै तय हुने उनले बताए ।

उनले भने, ‘क्लबसँग लिखित रुपमा सहमति भएको छ । तर क्लबले अहिले नै यस्तो योजना बनाएर जाने भन्ने कुरा भएको छैन । धेरै क्लबहरु हेरे‌ं तर अहिलेसम्म उपाधि दिलाउन सकेको छुइन । मेरो लक्ष्य भनेको एनआरटी क्लबलाई उपाधि दिलाउने हो ।’

गत वर्षको ए डिभिजन लिग हुँदा प्रशिक्षक शाक्यले च्यासल युथ क्लबको मुख्य प्रशिक्षक भएर टिम समहालेका थिए । पहिलो पटक ए डिभिजन लिगमा उक्लिएको च्यासललाई प्रशिक्षक शाक्यले आठौ स्थानमा पुर्‍याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment