
१ कात्तिक, काठमाडौं । सन् २०२० मा तुर्कमेनिस्तानमा हुने एएफसी कप फुटसल च्याम्पियनसिप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटसल टोलीको विदाई गरिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार इरानमा हुने सेन्ट्रल तथा दक्षिण एसिया छनोट खेल्न जाने नेपाली टोलीको विदाई गरेको हो ।
छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालले आफ्नो पहिलो खेल अक्टोबर २३ मा ताजकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । २४ तारिखमा उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्ने नेपालले २५ तारिखमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
पूर्व राष्ट्रिय फुटबल खेलाडीसमेत रहेका फुटसल टिमका कप्तान विजय गुरुङले राम्रो नतिजा ल्याउने बताए ।
फुटसल टिम
विजय गुरुङ (कप्तान), अनिष श्रेष्ठ, सुमित आले, सन्जोग चाम्लिङ राई, सरोज तामाङ, आदिल हमिद, अभय राना, अरुज सिंह, विजय श्रेष्ठ, सरोज गुरुङ, बिनोद गुरुङ, आशिष लामा, मणी लामा र निर्मल गुरुङ ।
प्रतिक्रिया 4