
२ कात्तिक, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले स्नातकोत्तर तहको एमडी/एमएस/एमडिमएसको प्रवेश परीक्षा स्थगित गरेको छ । पूर्व सूचनाअनुसार शनिबार (आज)परीक्षा सञ्चालन हुँदै थियो ।
न्याम्सका डिन प्रा. डा. पियूष दाहालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनअनुसार प्रवेश परीक्षा स्थगित भएको जानकारी दिए । स्वास्थ्य तथा जनसंख्यामन्त्री न्याम्सको सहकुलपति हुने प्रावधान छ ।
न्याम्सलाई नयाँ शैक्षिक सत्रका लागि नेपाल मेडिकल काउन्सिलले एमडी/एमएस/एमडिमएस ११५ र डिएम/एमसीएचतर्फ २१ सिट मा अध्ययन अध्यापन गर्न स्वीकृति दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4