Comments Add Comment

काठमाडौंले बिराटनगरलाई हरायो

काठमाडौं । वुमन्स च्याम्पियन्स लिग (डब्ल्यूसीएल) क्रिकेटमा क्याट क्विन्स काठमाडौंले दोस्रो जित हात पारेको छ । उसले शनिबार भएको खेलमा बिराटनगर टाइटन्सलाई ५२ रनले हराएको हो ।

यो बिराटनगरको पहिलो हार हो । यदि यो खेल जितेको भए बिराटनगरको एलिमिनेटरमा स्थान पक्का हुने थियो । तर समूह चरणको अन्तिम खेल कुर्नु पर्ने भएको छ ।

काठमाडौंले दिएको १४० रनको लक्ष्य पछ्याएको बिराटनगरले २० ओभरमा ५ विकेट गुमाएर ८७ रन मात्र बनाउन सक्यो । उसका लागि लक्ष्मी चौधरीले ४० रन बनाए पनि बिराटनगरको हार टार्न सकिनन् ।

यसअघि पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा २ विकेट गुमाएर १३९ रन बनाएको थियो । उसले मात्र ३ रन जोड्दा पहिलो विकेटका रुपमा शोभा आलेलाई मात्र २ रनमा गुमाएको थियो । तर रश्मी चौलागाई र रोमा थापाले पारी सम्हालिन् । दुबैले दोस्रो विकेटका लागि ७६ रनको साझेदारी गरे ।

चौलागाई ३४ रनमा आउट भइन् । त्यसपछि आइकी कप्तान रुविना क्षेत्रीले तेस्रो विकेटका लागि अविजित ६० रनको साझेदारी गरिन् । सोभा ५३ र रुविना ३५ रनमा अविजित रहिन् ।

जितसँगै काठमाडौंको पनि विराटनगरको समान ४ अंक भएको छ । चितवन राइनोजको भने ६ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment