Comments Add Comment

प्रदेश ५ को राजधानी नयाँ शहरमा बनाउनुपर्छः सभामुख घर्ती

२ कार्तिक बुटवल । प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले प्रदेश राजधानीको विषय राजनीतिक भएको बताएका छन् । त्यसको टुंगो राजनीतिक रुपमा लाग्ने उनको दाबी छ ।

शनिबार बुटवलमा आयोजित कार्यक्रममा सभामुख घर्तीले राजधानीको विषय पेचिलो बनेको बताए ।

प्रदेश राजधानीलाई प्राविधिक विषय जसरी समाधान गर्नुपर्छ भन्ने मनोविज्ञान बनाउन नहुने उनको तर्क छ । घर्तीले भने, ‘राजधानी नयाँ शहर बनाउने हो, क्षेत्रीय विचारको विकास गर्ने र जनतालाई भ्रममा पार्ने काम होइन ।’

प्रदेशको नामाकरण र राजधानीबारे टुंगो लगाउन सुझाव लिने र प्राविधिक पाटोको अध्ययन गर्ने काम सकिँएकाले आगामी अधिवेशनबाट संबैधानिक प्रक्रिया अगाडि बढ्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment