Comments Add Comment

राष्ट्रपति भण्डारी म्यान्मारबाट जापान प्रस्थान

Photo Credit : फाइल तस्वीर

३ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमारबाट सीधैं जापान प्रस्थान गरेकी छन् ।

राजकीय भ्रमणका लागि म्यान्मार गएकी भण्डारी निर्धारित कार्यक्रमअनुसार त्यहाँबाट आइतबार बिहान थाइल्याण्डको बैंकक हुँदै जापान प्रस्थान गरेकी हुन् ।  म्यानमारबाट थाई एयरवेजको विमान चढेकी राष्ट्रपति भण्डारी आइतबार राति जापान पुग्ने राष्ट्रिय समाचार समितिले जनाएको छ ।

राष्ट्रपति भण्डारी जापानी सम्राट नोरुहितोको राज्याभिषेकमा सहभागी हुने कार्यक्रम छ । भ्रमणको दौरानमा उनले भेटघाट तथा अवलोकनसमेत गर्ने बताइएकाे छ । भण्डारी कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा गत असोज २९ गते म्यानमार गएकी थिइन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारीसँगै म्यान्मार पुगेकी उनले त्यहाँका राष्ट्रपति मिन्तलगायतसँग भेटवार्ता गरेकी थिइन् ।

भ्रमणको दौरानमा राष्ट्रपति भण्डारी र स्टेट काउन्सिलर चीको उपस्थितिमा म्यान्मा र नेपालबीच पर्यटन र सांस्कृतिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment