Comments Add Comment

बच्चाको नङ कसरी स्वस्थ राख्ने ?

बच्चाको स्वास्थ्य सामान्य मानिसको स्वास्थ्य भन्दा जटिल र संवेदनशील हुने गर्छ । त्यसैले बच्चाको स्वास्थ्य र हेरचाहको लागि विशेष किसिमको जानकारी हुनु जरुरी छ । आफूमा पूर्ण रुपमा चेतना नभइसकेका बच्चाको हेरचाह, उनीहरुको सरसफाई आदि कसरी गर्ने ? त्यो प्रत्येक आमाहरुको लागि जान्नु आवश्यक हुन्छ । बच्चाहरुमा सामान्य मानिसको तुलनामा संक्रमणको जोखिम धेरै हुन्छ । त्यसैले पनि स्वास्थ्यमा हामीले विशेष ख्याल गर्नुपर्ने हुन्छ ।

बच्चाहरु अधिकांशको बानी हुन्छ औंला मुखमा हाल्ने । उनीहरुलाई फोहोर र सफाको चासो हुँदैन । जस्तो भएपनि औंला मुखमा हालेर चुस्न थालिहाल्छन् । यस्तो अवस्थामा बच्चाको नङ लामो भयो भने नङमा जम्मा भएर बसेको फोहोरले बच्चालाई बिरामी गराउन सक्छ । त्यसैले बच्चाको नङको सुरक्षा एवं स्वास्थ्य महत्वपूर्ण हुन्छ । यसको ख्याल गर्नु आवश्यक पनि हुन्छ ।

कसरी राख्ने बच्चाको नङलाई स्वस्थ

बच्चालाई फोहोर ठाउँमा खेल्नबाट रोक्नु निकै कठिन काम हो । उनीहरुलाई स्वतन्त्र रुपमा खेल्न रोक्नु पनि हुँदैन । घर नजिक भएका ज्यादा फोहोरहरु आफैंले सफा गरिदिनुपर्छ । जसले गर्दा देख्दै घिन लाग्ने र धेरै दुर्गन्ध फैलिने ठाउँमा बच्चा खेल्न सक्दैन । त्यसबाहेक सामान्य किसिमका फोहोरहरुबाट त बच्चालाई जोगाउनै मुस्किल हुन्छ । त्यसैले बच्चाहरुलाई नङ र मासुको बीचमा माटो र अरु फोहोर जम्ने गरी लामो नङ बनाउन दिनुहुँदैन । बच्चाहरु खेल्ने ठाउँ वरपर धेरै दुर्गन्ध राख्नुहुँदैन । बच्चाहरुले भुईँमा नै झरेका सामान खाएपनि धेरै फोहोर नलाग्ने गरी पहिले नै ठाउँलाई सफा बनाइराख्नुपर्छ ।

बच्चाको नङलाई सफा राख्नको लागि आवश्यक पर्ने सामग्रीहरु

नेल कटर

सबैभन्दा पहिले हामीलाई नङ काट्नको लागि नङकटरको आवश्यकता पर्छ । नङकटर पनि बच्चाहरुको लागि नै बनाएको विशेष किसिमको हुन्छ । त्यसैको प्रयोग गर्नुपर्छ ।

नेल फाइलर

नङफाइलरको सहायताले हामी बिगि्रएको नङलाई सिधा बनाउन सक्छौं । बच्चाको नङमा पनि यो प्रयोग गर्न सकिन्छ ।

सेनिटाइजर

नवजात शिशुहरुको नङका अलावा उनीहरुको हातको समेत देखभाल गर्नुपर्छ । बच्चाको हात सफा गर्ने समयमा सधैंभरी सेनिटाइजरको प्रयोग गर्नुपर्छ ।

नवजात शिशुहरुको नङ छिटो छिटो बढ्ने गर्छ । यसकारण शिशुको नङमा दुई वा तीन दिनमा एक पटक नबिराई काट्नुपर्छ । नवजात शिशुको नङ उनीहरु सुतिरहेको बेलामा मात्रै काट्नुपर्छ । त्यसले उनीहरुको छालामा समस्या गर्दैन ।

बच्चाको नङ टोक्ने बानी कसरी हटाउने ?

धेरै बच्चाको नङ टोक्ने नराम्रो बानी हुन्छ । यसले उनीहरुको स्वास्थ्यमा पनि नकारात्मक असर गर्नसक्छ । त्यसैले यो बानी हटाउनु पर्छ । त्यसको लागि के गर्ने ? कस्तो उपाय लगाएर हामी उनीहरुको यो बानी हटाउन सक्छौ त ? त्यसको केही उपाय तल प्रस्तुत गरिएको छ ।

बच्चालाई मन नपर्ने कुरा औलामा लगाइदिने – नङ टोक्ने बानी भएका बच्चाहरुको औलामा उनीहरुलाई मन नपर्ने एवं तीतो स्वाद भएका बस्तुहरु लगाइदिनुपर्छ । यस्तो गर्दा बच्चाहरु पटक पटक औंलामा तीतो स्वाद आएपछि औला चुस्न छाड्छन् । यसरी तीतो पदार्थ राख्दा स्वास्थ्यमा असर नपर्ने किसिमका बस्तुहरु लगाइदिनुपर्छ ।

बच्चालाई चपाउनको लागि अरु नै कुरा दिनुहोस् – बच्चाहरुलाई चपाईरहन सक्ने अरु नै कुरा दिएमा पनि यसले बच्चाहरुलाई नङ टोक्नबाट रोक्न सकिन्छ ।

यसबाहेक नङ काट्ने, औंलामा स्टिकर सहितको ब्याण्डेज बाँधिदिने जस्ता काम गरेर पनि हामी बच्चालाई नङ टोक्नबाट रोक्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment