 
																			फेसबुकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले फेसबुकलाई राज्य तथा समाजको पाँचौँ स्तम्भ बताएका छन् ।
सोसल मिडियाकै कारण आज आम सर्वसाधारण मानिसको हातमा सत्ता पुगेको उनको दाबी छ । आम मानिसहरु सोसल मिडियाकै माध्यमबाट दुनियाभर आफ्ना कुरा पुर्याराउन समर्थ भएको भन्दै उनले फेसबुक र वाक स्वतन्त्रता अहिले पर्यावाची बनेको पनि बताएका छन् ।
राज्यका तीनवटा प्रमुख अंग र मूलधारको प्रेसलाई चौथो अंक मानिएजस्तै फेसबुक लगायतका डिजिटल सोसल मिडियाहरु आम मानिसको आवाज बोक्ने पाँचौँ अंग बनेको उनको भनाइ छ ।
वाशिङटनस्थित जर्जटाउन विश्वविद्यालयमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै जुकरबर्गले भने, ‘मानिसहरुलाई अहिले आफ्नो अभिव्यक्ति राख्नका लागि कुनै दोश्रो मञ्चको आवश्यकता छैन । मानिसहरु आफ्नो आवाज सुनाउनका लागि कुनै राजनीतिक व्यक्ति तथा मिडियाको भर पर्नु पर्दैन । फेसबुक जस्ता सोसल मिडिया प्लाटर्फमबाट उनीहरु आफ्ना कुरा राख्न सक्दछन् । र, यसको निकै महत्वपूर्ण अर्थ छ ।’
फेसबुकमा आउने राजनीतिक विज्ञापनहरुका सम्बन्धमा प्रष्टीकरण दिँदै जुकरबर्गले आफ्नो कम्पनीले राजनीतिक विज्ञापनका तथ्यको जाँच नगर्ने भन्दै तर कुनै अमूक नेताको सहयोगका लागि विज्ञापन प्रकाशित नगरेको जिकिर गरेका छन् ।
फेसबुकले राजनीतिज्ञहरुका कुराहरु धेरैभन्दा धेरै मानिसहरु समक्ष पुर्याउन चाहने भन्दै उनले यसो गर्दा जनताले आफ्नो नेताको बारेमा आफैले फैसला गर्न सक्ने दाबी गरे।
तथापि समाजमा हिंसा तथा घृणा फैलाउने खालका सामग्रीहरुको भने फेसबुकले समर्थन गर्न नसक्ने उनले बताएका छन् ।
आफ्ना प्लाटर्फमहरुमा मानिसहरुका अभिव्यक्ति नियमन गर्ने पद्धतिमा व्यापाक रुपमा परिवर्तन गर्न फेसबुकलगायतका सोसल मिडियाहरुमाथि पछिल्लो समयमा अमेरिकामा दवाव बढिरहेको बेला जुकरबर्गको पछिल्लो अभिव्यक्तिलाई निकै अर्थपूर्ण मानिएको छ । एजेन्सीकेा सहयोगमा
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4