Comments Add Comment

तलव नपाएको भन्दै शिक्षकहरुले गरे नगरपालिकामा तालाबन्दी

३ कात्तिक, जनकपुरधाम । पछिल्लो पाँच महिना यता तलव नदिएको भन्दै शिक्षकहरुले धनुषाको सबैला नगरपालिका कार्यालयमा ताला लगाएका छन् । सामुदायिक विद्यालयका शिक्षकहरुले आइतबार नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्दै तलब नपाएसम्म ताला नखोलिने चेतावनी दिएका हुन् ।

दशैं अघिदेखि नै तलव निकासका लागि नगरपालिका प्रमुखसहितका निकायलाई आग्रह गर्दै आएपनि यसतर्फ कुनै चासो नलिएका कारण कार्यालयमा ताला लगाउनु परेको शिक्षकहरुले बताएका छन् । यसअघि नगरपालिकाका साथै जिल्ला प्रशासन कार्यालय समेतलाई तलव निकासा गराइदिन आग्रह गर्र्दै आएको शिक्षकहरुको भनाइ छ ।

नगरपालिकाका प्रमुख विजयशंकर साहलाई तलव बुझाउन ज्ञापन बुझाएपनि ध्यान नदिएको शिक्षकहरुको गुनासो छ ।

यस नगरपालिकामा ५ मावि र ३७ प्रावि गरी ४२ विद्यालयमा करिब २ सय ५० जना शिक्षक कार्यरत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment