Comments Add Comment

धादिङको रुवीभ्यालीमा पर्यटकको मृत्यु

हेलिकप्टरबाट शव काठमाडौं ल्याइयो

३ कात्तिक, काठमाडौं । धादिङको रुवीभ्यालीमा मृत्यु भएका अस्ट्रियाका नागरिक विहिंगर विलियमको शव आइतबार काठमाडौं ल्याइएको छ । अल्टिच्युड एयरको हेलिकप्टरमार्फत उनको शव काठमाडौं पठाइएको धादिङका प्रंहरी प्रवक्ता डीएसपी रुपक खड्काले जानकारी दिएका छन् ।

दिउँसो १ बजे धादिङ सदरमुकाम धादिङवेशी पुगेको हेलिकप्टरले प्रहरी प्रमुख एसपी राजकुमार वैदवारसहितको टोली लिएर घटनास्थल रुवीभ्यालीतर्फ गएको थियो । प्रहरी टोलीले घटनास्थल लासजाँच मुचुल्का तयारी गरी शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएको डीएसपी खड्काले जानकारी दिए ।

पदयात्राका लागि काठमाडौंको हाई कन्ट्री ट्रेकिङबाट आएका विलियम शनिबार बेलुका साढे ७ बजे मृत्यु भएको थियो । खबर थाहा पाएपछि विहान प्रहरी चौकी सेर्तुङबाट प्रंहरी घटनास्थलतर्फ खटिएको थियो । तर प्रहरी चौकीबाट घटनास्थल पुग्न ९ १० घण्टा लाग्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पर्यटकको मृत्युको कारण भने  खुलेको छैन । लडेर मृत्यु भएको भनिए पनि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment