Comments Add Comment

एमबीबीएससको शुल्क बढाउने निर्णय प्रति केसीको आपत्ती

३ कात्तिक, काठमाडौं । चिकित्सा शिक्षा आयोगले गरेको एमबीबीएस र बीडीएसको शुल्क बढाउने निर्णयप्रति प्राध्यापक डा. गोविन्द केसीले आपत्ती जनाएका छन् । वैज्ञानिक अध्ययन नगरी शुल्क निर्धारण गर्न नहुने भन्दै आयोगको यो निर्णय मान्य नहुने डा. केसीले बताएका छन् ।

आइतबार प्रेस विज्ञप्ती जारी गर्दै केसीले यो शैक्षिक शत्रमा शुल्क बढाएर विद्यार्थीलाई मार्का पारे आफू आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । त्यस्तै केसीले आफ्ना पुराना माग पूरा नगरे कात्तिक १३ गतेदेखि अनशन बस्ने समेत जनाएका छन् । उनले सरकारलाई माग पूरा गर्न कात्तिक ८ गतेसम्मको अल्टिमेटम दिएका छन् ।

आयोगले काठमाडौं उपत्यकाभित्र एमबीबीएस अध्ययनका लागि ४० लाख २३ हजार २५० र उपत्यका बाहिर ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क तोकेको छ । यस्तै बीडीएसका लागि उपत्यकाभित्र र बाहिरका लागि समान २० लाख १९ हजार ५८०  रुपैयाँ शुल्क तोकेको छ ।

यसअघि उपत्यकाभित्र एमबीबीएसका लागि ३८ लाख ५० हजार र उपत्यका बाहिर ४२ लाख ४५ हजार रुपैयाँ र बीडीएसतर्फ १९ लाख ३२ हजार ६१२ रुपैयाँ शुल्क कायम गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment