Comments Add Comment

नक्कली सुन देखाएर ५० लाख ठगी गर्न खोज्ने ६ जना पक्राउ

३ कात्तिक, काठमाडौं । नक्कली सुन देखाइ ५० लाख ठगी गर्न खोज्ने  ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका-२ घर भइ काठमाडौंको कपन बस्ने ४१ वर्षीय मंगले तामाङ, २६ वर्षीय सुजन रसौली, ३३ वर्षीय विष्णुबहादुर राउत, ३१ वर्षीय नवराज राउत, ललितपुर सानागाँउ बस्ने सोही ठाउँकै २३ वर्षीय किरण लामा र कपनमै बस्ने रामेछाप दोरम्वा गाउँपालिका-२ का ३१को रोशन बुढा मगर रहेका छन् ।

एक किलो नक्कली सुन ५० लाखमा बिक्री गर्न लागेको सूचनाका आधारमा काठमाडौं प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो कपनको निलो पुल नजिकबाट उनीहरुलाई पक्राउ गरेको हो ।

५ लाखसहित खरिदकर्ताले सुनको मोलतोल गरिरहेको अवस्थामा एक किलो नक्कली सुनसहित ६ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुलाई काठमाडौं प्रहरी परिसरमै राखेर थप अनुसन्धान सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment