
३ कात्तिक, कास्की । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले आइतबार दुई जनालाई सेवाग्राहीसँग घुस लिँदै गर्दा नियन्त्रणमा लिएको छ ।
मालपोत कार्यालय लेखनाथका खरीदार भानु नगरपालिका–६ तनहुँका प्रकाश पौडेल र लेखापढी व्यवसायी फलेवास नगरपालिका–१ पर्वतका मनोहरी भट्टराईलाई अख्तियारले नियन्त्रणमा लिएको हो ।
जग्गा नामसारीका लागि कार्यालय पुगेका सेवाग्राहीसँग उनीहरुले १२ हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियारको टोलीले अपराह्न ४:३० बजे नियन्त्रणमा लिएको आयोगका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिए । उनीहरु माथि थप छानबिन भइरहेको र आयोगको कार्यालयमा राखिएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4