+
+
Shares

सिटिजन्स बैंकको कम्पनी सचिवमा राजेन्द्रलाल श्रेष्ठ नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ३ गते १९:५६

३ कात्तिक, काठमाडौं । सिटिजन्स बैंकको कम्पनी सचिवमा राजेन्द्रलाल श्रेष्ठ नियुक्त हुने भएका छन्।

शुक्रबार बसेको संचालक समितिको ३१६औं बैठकले श्रेष्ठलाई कात्तिक १ गतेदेखि लागू हुनेगरी कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।

करिव २० वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यकुशलता प्रदर्शन गर्दै आएका श्रेष्ठ स्थापनाकालदेखि नै बैंकमा आवद्ध रहेको बैंकले बतायो।

शाखा संचालन ,ट्रेड प्रसाशन , जोखिम व्यवस्थापन तथा कर्जा असुली क्षेत्रमा पनि उनको दक्षता रहेको छ।

हाल उनी बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन्।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना ८४ वटा शाखा, ७९ वटा एटिएम र १०२ वटा शाखारहित बैंकिङ एकाईहरुबाट करिब चारलाख ग्राहकलाई बैकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?