+
+
Shares

३ सय करोडमा ‘वार’, ऋतिकको भागमा ९८ करोड

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ४ गते १२:१६

अक्टुबर २ मा रिलिज भएको चलचित्र ‘वार’ले ३ सय करोडको आँकडा छोएको छ । ऋतिक रोशन र टाइगर श्राफको मुख्य भूमिका रहेको यो चलचित्रले बक्स अफिसमा आक्रामक कमाई गरेको छ । योसँगै चलचित्रले निर्मातालाई मात्र होइन, नायक ऋतिक रोशनलाई पनि लोभलाग्दो रकम दिने देखिएको छ ।

यो चलचित्रको बजेट १५० करोड हो । २० करोड प्रचार खर्च सहित १७० करोडमा तयार भएको चलचित्रले ३ सय १० करोड भारतीय बक्स अफिसबाट कमाउने अनुमान गरिएको छ । चलचित्रले भारतबाट वितरकलाई १४० करोड फिर्ता दिने निश्चित छ । साथै, ओभरसिजनमा ९० करोड कमाई गरेको चलचित्रले वितरकलाई ४० करोड फिर्ता दिनेछ ।

टेलिभिजन र डिजिटल राइट्स १५० करोडमा विक्री भएको चलचित्रको म्यूजिक राइट्स १० करोडमा विक्री भएको थियो । समग्रमा निर्माताले १७० करोड चलचित्रबाट फाइदा लिएका छन् ।

चलचित्रका लागि नायक ऋतिक रोशनले ३० करोड पारिश्रमिक र नाफाको ४० प्रतिशत लिनेगरि सहमती गरेका थिए । यसैले, ऋतिकले चलचित्रबाट ९८ करोड कमाउने भारतीय अनलाइन बलिउड हंगामाले आँकडा तयार पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?