Comments Add Comment

राष्ट्रिय अध्यक्ष तिमिल्सिना सर्बिया भ्रमणबाट स्वदेश फर्किए

४ कात्तिक, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सर्बियाको भ्रमणबाट स्वदेश फर्किएका छन् ।

सर्बियाको बेलग्रेडमा आयोजित अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १४१ औं सम्मेलनमा सहभागी हुने अध्यक्ष तिमिल्सिना गत असोज २७ गत त्यसतर्फ प्रस्थान गरेका थिए । सम्मेलन असोज २६ देखि ३० (अक्टोबर १३ देखि १७) सम्म चलेको थियो ।

सम्मेलनमा अध्यक्ष तिमिल्सिनाले अन्तर्राष्ट्रिय कानूनको सुदृढीकरणकाबारे बहसमा संसदीय भूमिका र संयन्त्र र क्षेत्रीय सहयोगको योगदानबारे नेपालको धारणा प्रस्तुत गरेको उनको सचिवालयले जनाएको छ ।

भ्रमणका क्रममा अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डलले सर्बियाका प्रधानमन्त्री, सभामुखलगायत विभिन्न उच्चस्तरीय भेटघाट समेत गरेको थियो ।

नेपालको प्रतिनिधिमण्डलमा राष्ट्रियसभा सदस्यहरु खिमलाल भट्टराई र बद्रीप्रसाद पाण्डे तथा प्रतिनिधिसभा सदस्यहरु देवप्रसाद तिमिल्सिना, इन्दुकुमारी शर्मा र रुही नाज, संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई, राष्ट्रिय सभा सचिव राजेन्द्र फुयाँललगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment