Comments Add Comment

विवाहपछि किन बढ्छ तौल ?

भनिन्छ, विवाहपछि प्रायः महिलाको तौल बढ्छ । तर महिलाको मात्रै होइन, पुरुषहरुको पनि तौल बढ्ने गरेको हुन्छ ।

पारिवारिक झमेलाको बीच पनि धेरैजसो दम्पतीको विवाह भन्दा पहिलेको तुलनामा तौल बढी हुने गर्दछ । किन बढ्छ त विवाहपछि पुरुष र महिलाको तौल ?

विवाहको लागि तौल कम गर्नु

केही मानिसहरु विवाहको समयमा अरुलाई देखाउनकै लागि भएपनि आफ्नो तौल फिट राख्न चाहन्छन् । यसको लागि नियमित जिम जाने र अन्य अभ्यासको पनि साहारा लिने गर्छन् । तर, धेरै मानिसहरु विवाहपछि ती नियमित जीवनशैलीलाई च्यात्तै छाड्ने गर्छन् । त्यसका कारण पनि शरीरको तौल पहिलेको तुलनामा धेरै हुने वा मोटोपन हुने गर्दछ ।

तौल बढाउने

विवाहपछि धेरैको श्रीमान् श्रीमतीमा एकले अर्काेलाई धेरै वास्ता गर्ने गर्दछन् । समयमा खाना खायो कि खाएन ? खाजा खाने समयमा खाजा खायो कि खाएन, के खाजा खायो ? त्यो खाजाले कस्तो असर गर्छ ? यस्तो एकले अर्काको चासो धेरै राख्ने भएकोले पनि विवाहपछि केटा वा केटी मान्छेको पनि तौल बढ्ने गर्दछ । केही मानिसको भने धेरै चिन्ता लिने र विवाह लगत्तै सम्बन्धमा दरार आउँदा चिन्ताको कारणले नै तौल घट्ने समस्या पनि हुन्छ ।

साथमा खाना

साथमा श्रीमान् र श्रीमतीबीच खाना खाने चलनले पनि विवाहपछि पति वा पत्नी पनि मोटाउने गर्छन् । साथमा खाना खाँदा ठट्टा ठट्टैमा एकले अर्काेसँग प्रतिस्पर्धा गर्ने वा प्रतिस्पर्धा नै नगरी पनि धेरै खाना खाने गरिन्छ । त्यस्तै, सँगै खाना खाने चक्करमा दम्पत्तिहरु लामो समयसम्म पनि भोकै बस्ने गर्दछन् । साथमा धेरै भोको अवस्थामा धेरै खाना खाने गर्दछन् । यसले उनीहरुमा धेरै डाइट प्रदान गर्छ ।

बाहिर खाने खाना

विवाहपछि दम्पत्तिहरु घरमा मात्रै खाना खाने गर्दैनन् । विवाहपछि उनीहरु खाना खानको लागि बाहिर पनि जाने गर्दछन् । बाहिर खाने खानामा मानिसको तौल बढाउनको लागि भरपूर मात्रामा पौष्टिक तत्व पाउने गरिन्छ । एकल हुँदाभन्दा विवाहपछि धेरै बाहिर पौष्टिक खाना खाइने भएकोले पनि विवाहपछि धेरै मानिसहरु मोटाउने गर्छन् ।

यौन सम्पर्क

यौन सम्पर्कबाट मानिसको तौल बढ्दैन । तर, शरीरको तौल बढाउने तयारी भने यौन सम्पर्कबाट पनि हुन्छ । शरीरको तौल बढ्नको लागि जुन किसिमको हर्माेनहरुको आवश्यकता पर्दछ । त्यो हर्मोनहरुमा यौन सम्पर्कले नै बदलाव आउने गर्दछ । त्यसले हाम्रो शरीरको तौल बढाउनको लागि सहयोग पुग्छ । त्यसैले यौनसम्पर्कले पनि शरीरको तौल बढाउनको लागि मद्दत पुग्छ ।

कम्फर्ट जोन

पहिले पहिले दम्पत्तिहरुले धेरै राम्रो र शरीरलाई फिट राख्नको लागि अनेक किसिमका कोसिसहरु गर्ने गर्छर्न् । आफ्नो शरीरको तौललाई लिएर उनीहरु धेरै चिन्तित हुन्छन् । विवाहपछि दुबैको बीचमा कम्फर्ट जोन आउँछ । यसैबीचमा उनीहरु कति खाना खान्छु ? भनेर सोच्न छाड्छन् । केही महिना यस्तो हुँदा उनहरुको शरीरको तौल बढ्ने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment