Comments Add Comment

दक्षिण अफ्रिकाविरुद्ध भारतको इनिङ र २०२ रनको जित

५ कात्तिक, काठमाडौं । भारतले तेस्रो टेष्टमा इनिङ र २०२ रनको जित हात पारेको छ र दक्षिण अफ्रिकासँगको तीन म्याचको सिरिज ह्वाइट वास गरेको छ ।

२ विकेटको क्षतिमा बनाएको ९ रनबाट तेस्रो दिनको खेल थालेको दक्षिण अफ्रिका १३३ रनमा अलआउट भयो । उसका थ्युनिस डि ब्रुयनले सर्वाधिक ३० रन बनाए ।

दक्षिण अफ्रिकालाई सस्तैमा समेट्ने क्रममा मोहम्मद सामीले ३ विकेट लिए भने उमेश यादव र शाहबाज नदीमले समान २–२ ले समान २–२ विकेट लिए ।

भारतले पहिलो पारीमा रोहित शर्माको दोहोरो शतक र अनिक्या रहानेको शतकको मदतमा ४९७ रन बनाएको थियो भने दक्षिण अफ्रिकाले १६२ रन मात्र बनाउन सक्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment