Comments Add Comment

नेपाली यू–२३ फुटबल टिमको विदाई

५ कात्तिक, काठमाडौं । म्यानमारको यू–२३ फुटबल टिमसँग मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली यू–२३ टिमलाई विदाई गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले ललितपुरको सातदोबाटोमा कार्यक्रम गर्दै यू–२३ टिमलाई विदाई गरेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेश सिलवाल, एन्फाका बरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ लगायतले विदाई गरे ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको लागि लक्षित गर्दै नेपाली यू–२३ टिमले म्यानमारको यू–२३ टिमसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाली टिमका मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन रहेका छन् भने कप्तानको जिम्मेवारी सुजल श्रेष्ठले पाएका छन् ।

नेपाली टिममा कप्तान सुजलसँगै अनन्त तामाङ, अञ्जन विष्ट, बिक्रम लामा, दिनेश राजवंशी, तेज तामाङ, अभिषेक रिजाल, सुनिल बल, हेमन्त थापामगर, क्षिरिङ गुरुङ र अर्पन कार्की रहेका छन् । त्यस्तै, दिप कार्की, देव लिम्बु, विकास खवास, रोमन लिम्बु, नितिन थापा, सेसेहाङ आङदेम्बे, मिक्चेन तामाङ, रामचन्द्र वाजी, प्रेजेन तामाङ, रेजिन सुब्बा, राजिव लोप्चन, नवयुग श्रेष्ठ र सुमन अर्याल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment