
नायिका मिरुना मगरले अभिनय गरेका ३ वटा चलचित्र हलमा लागिसकेका छन् । ‘लालपूर्जा, रोज र साइनो’ बजारमा आएपनि यी चलचित्रले व्यापार राम्रो गरेनन् । जसकाकारण पनि मिरुनालाई ‘अनलक्की’ नायिका भन्ने गरिन्छ ।
तर, नायिका मगरले काम गरेका चलचित्रले व्यापारिक रुपमा कमाल नगरेपनि उनको हातमा चलचित्रको अभाव भने छैन । उनी अभिनित चलचित्र ‘च च हुई’ मंसिर ६ गतेबाट रिलिज हुँदैछ । अब, उनै मिरुनाले एउटा नयाँ चलचित्र साइन गरेकी छिन् । उपेन्द्र सुब्बाको निर्देशनमा तयार हुन लागेको चलचित्रमा मिरुनाले काम गर्ने पक्का भएको छ ।
यो चलचित्रमा मिरुनाको साथमा नायक दयाहाङ राइ पक्का भएका छन् । दया र मिरुनाको यो चलचित्रको छायांकन कात्तिकको १४ गतेबाट सुरु हुँदैछ । चलचित्रको छायांकनका लागि काठमाण्डौ बाहिर रहने भएकाले मिरुना अहिले चलचित्र ‘ च च हुई’को प्रचारमा व्यस्त छिन् ।
उपेन्द्र चलचित्र ‘कबड्डी’ सिरिजका लेखक समेत हुन् । चलचित्र लेखनमा सफल भएपछि उनले चलचित्र निर्देशन गर्न लागेका हुन् ।
प्रतिक्रिया 4