+
+
Shares

‘लाइभ ऐट अलफ्ट’मा नेपाल आइडल सिजन २ का टप फोर

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ५ गते १०:२७

५ कात्तिक, काठमाडौं । शान्ति हस्पिटालिटी म्यानेजमेन्ट सर्भिसेस (एसएचएमएस)द्वारा सञ्चालित अलफ्ट काठमाडौं ठमेलले यहि शुक्रबार अर्थात अक्टुबर २५ मा आफ्नो डब्लु एक्सवाईजेड बारमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त ‘लाइभ ऐट अलफ्ट’ को एक विशेष संस्करणद्वारा राजधानीको रात्रीजीवनमा चमक थप्ने भएको छ ।

यो महिना लाइभ ऐट अलफ्टले नेपाल आइडल सिजन २ का फाइनलिस्टहरुको रोमान्चक पर्फमेन्स होस्ट गर्ने भएको छ । नेपाल आइडल सिजन २ का विजेता रवि ओडका साथमा रनर अप विक्रम बराल, सुमित पाठक र अस्मिता अधिकारिले आफ्नो सुमधुर आवाजद्वारा भिडहरुको मन लोभ्याउनेछन् ।

लाइभ ऐट अलफ्ट म्युजिक सिरिजको बारेमा अलफ्ट काठमाडौं ठमेलका जनरल म्यानेजर विक्रम सिंहले भने, ‘अलफ्ट होटलको मुख्य विशेषता, लाइभ ऐट अलफ्ट अन्तर्राष्ट्रिय मान्यता प्राप्त कनसर्टको सिरिज हो जुन विश्वभर रहेको हरेक अलफ्टको होटलमा स्थानीय, उदीयमान र भेटेरान कलाकारहरुले प्रस्तुती दिन्छन् र अलफ्ट काठमाडौं ठमेल पनि अरु भन्दा फरक छैन् । अलफ्ट काठमाडौं ठमेलको टिम तपाइँहरुलाई लाइभ ऐट अलफ्टमा स्वागत गर्दछौं ।’

अलफ्ट मुख्य तीन स्तम्भ गीत–संगीत, प्रविधि र डिजाइनका लागि परिचित छ । र, अन्तर्राष्ट्रिय स्तरमै एक दशकदेखि विश्वभरका अलफ्ट होटलहरमा निरन्तर हरेक साझँ डब्लू एक्सवाईजेड बारमा लाइभ म्यूजीक होस्ट गरेर उदीयमान सांगीतिक प्रतिभाहरु तथा स्थानीय प्रतिभाहरुलाई प्रबद्र्धन गर्दै आइरहेको छ ।

यो महिनाबाट शुरुवात गरेर नेपाली संगीत र रात्रीजीवनको मुटुमा अवस्थीत अलफ्ट काठमाडौंले लाइभ ऐट अलफ्ट होस्ट गर्ने योजना बनाएको हो जहाँ हरेक शुक्रबार डब्लू एक्सवाईजेड बारमा भाइब्रेन्ट सामाजिक दृश्य र विभिन्न कलाकारहरुको लाइभ पर्फमेन्सको आनन्द उठाउन सकिनेछ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?