Comments Add Comment

तिहारलाई वातावरणमैत्री कसरी बनाउने ?

अहिले जताततै तिहारको रौनक देखिन्छ । सबैको घरमा तिहारको तयारी हुन थालिसकेको छ । मानिसहरु घर सर-सफाई गर्न थालिसकेका छन् । त्यस्तै बजारमा पनि भिडभाड बढ्न थालेको छ । देउसी-भैलो खेल्ने योजना पनि बन्न सुरु भईसकेको छ ।

साथीभाइ र आफन्तहरुसँगको भेटघाट पनि बाक्लो हुँदैछ, जसले सम्बन्धमा मिठास बढाउँछ । तर, तिहारमा अर्को चिज पनि बढ्दैछ, जसको कसैलाई वास्ता छैन, त्यो हो हाम्रो वरपर बढ्दो प्रदूषणको स्तर । चाहे त्यो धुवाँ होस्, प्लास्टिकका फोहोर होस् अथवा पटाकाको बढ्दो प्रदूषण ।

तिहार लाग्नु अगाडि नै आकाशमा प्रदूषणले घेरिन थाल्छ तर, हिजोआज यसमा केही नियन्त्रण हुन थालेको छ । तिहारमा उत्पन्न हुने प्रदूषणले  स्वास्थमा खतरा उत्पन्न नहोस् भन्ने कुरालाई ध्यानमा राख्दै हामीले केही त्यस्ता आवश्यक जानकारीहरु दिँदैछौं, जसले  प्रदूषण बढाउनबाट बच्न सक्नुहुन्छ ।

प्रकृति अनुरुप काम गर्नुपर्छ

हामी तिहारमा अरु समयमाभन्दा धेरै सरसफाई गर्छौं । सफाई गर्दा यदि प्लास्टिकका फोहोर छन् र जसलाई हामी पुनः प्रयोग गर्न सक्छौं भने त्यसलाई फाल्नु हुँदैन । त्यस्ता प्लाष्टिकका भाँडामा तपाईं बिरुवा रोप्न सक्नुहुन्छ । जसबाट  वातावरणलाई शुद्ध बनाउन सक्नुहुन्छ र प्लाष्टिकलाई पुनः प्रयोगमा ल्याउन सक्नुहुन्छ । प्लाष्टिकले माटोको उर्वरा शक्तिलाई नोक्सान पुर्‍याउँछ र यो सजिलै नष्ट पनि हुँदैन ।

प्लाष्टिकले हाम्रो स्वास्थमा नकारात्मक असर गर्छ भन्ने थाहा हुँदा-हुँदै पनि बिक्रेता र खरिदकर्ता दुबैले प्लाष्टिकका झोला अत्यधिक मात्रामा प्रयोग गरेको पाइन्छ । पर्यावरण संरक्षणमा सानो योगदान स्वरुप खरिदकर्ताले कपडा अथवा जुटको झोलाको प्रयोग गर्न सक्नुहुन्छ ।

उपहार बेर्नको लागि पनि अत्याधिक मात्रामा प्लास्टिक र्‍यापरको प्रयोग गरिन्छ । कागजबाट बनेका अथवा ग्रीन फेबि्रकले बनेका र्‍यापरको प्रयोग गर्नुपर्छ अथवा ब्राउन ब्याग पनि प्रयोग गर्न सकिन्छ । तिहारमा हरेक घरमा पटाका पट्काइन्छ । पटाकाको विषालु धुवाँ स्वास्थको लागि हानिकारक हुन्छ साथै आकाश पनि धुवाँले भरिन्छ । यस्तो धुवाँबाट बच्नका लागि मानिसले मास्कको साहारा लिन पर्नसक्छ । त्यसैले पटाकाबाट टाढा रहनुपर्छ र अरुलाई पनि पटाका नकिन्नको लागि जागरुक गर्नुपर्छ ।

तिहारलाई बत्तीको पर्व मानिन्छ । मानिसहरु तिहारमा घर, अफिस र धार्मिक ठाउँहरुमा झिलिमिली बत्ती र मैनबत्ती बाल्ने गर्छन् । हिजो-आज दियो बाल्ने चलन हराउँदै गएको छ । तर, यो तिहारमा हामी सबैले मैनबत्तीभन्दा दियो बाल्नु उपयुक्त हुन्छ । बास्तवमा माटोको दियोमा बायोडिग्रेडेबल हुन्छ, जसले पर्यावरणमा कुनै पनि नोक्सान पुर्‍याउँदैन । सकेसम्म फुटपाथमा दियो बेच्नेहरुसँग दियो किन्नुहोस् जसले उनीहरुको घरमा पनि उज्यालो हुन सहयोग हुन्छ ।

तिहारमा हिजोआज मानिसहरु आफ्नो घर प्लाष्टिकको फूलहरुले सजाउने गर्छन् । तपाईं प्लाष्टिकका कृतिम फूलहरुलेभन्दा वास्तविक फुलहरुको मालाले घर सजाउन सक्नुहुन्छ । जसले तपाईंको घरलाई सुन्दर देखाउनुको साथै प्लाष्टिकको प्रयोगबाट पनि टाढा राख्छ ।

यदि तपाईंको घरमा धेरै मिठाई छ भने कुनै गरिबलाई दिनुपर्छ । सम्भव छ भने खाना र लुगा पनि गरिबमा बाँड्न सक्नुहुन्छ । जसबाट उसले पनि आफ्नो तिहार खुशीका साथ मनाउन सकोस् । यसो गर्दा तपाईलाई धेरै खुशी र शान्ति प्राप्त हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment