Comments Add Comment

‘शू-बाइट’को दागलाई कसरी हटाउने ?

नयाँ जुत्ता अथवा चप्पल लगाएको खुशी त्यो बेला दुःखमा परिवर्तन हुन्छ । जब खुट्टाको छाला नै तासिन्छ । हुनसक्छ, कहिलेकाहीँ तपाईंको खुट्टामा काहीँ हल्का काटिएको होस् । यी कारणले तपाईंले पनि दुखाईको अनुभव गर्नुभएको होला । कतिपय अवस्थामा नयाँ जुत्ता अथवा चप्पलले छालामा नै फोहोर बनाउने सम्भावना हुन्छ । त्यसले केही दिनसम्म निकै दुखाउँछ पनि । अन्त्यमा, त्यही छाला खुइलिएको ठाउँमा एक प्रकारको दाग जस्तो बस्छ । जसलाई सहजै हटाउन निकै गाह्रो छ । त्यसलाई आधुनिक भाषामा ‘शू-बाईट’ भनिन्छ ।

‘शू-बाइट’बाट बच्नका लागि कुनै पनि नयाँ जुत्ता लगाउनुभन्दा पहिला त्यसको किनारामा पेट्रोलियम जेली लगाउनुपर्छ । जसले त्यहाँको भागलाई नरम बनाउँछ र जुत्ता लगाउने क्रममा त्यसले खुट्टामा चोट पुर्‍याउँदैन । यदि ‘शू-बाइट’को कारणले छाला पोल्न थाल्यो भने त्यसमा एलोभेरा (घिउकुमारी) को रस लगाउनुपर्छ ।

तपाईंको खुट्टामा पनि नयाँ जुत्ताले घाउ बनाएको ठाउँमा दाग बसेको छ अथवा ‘शू-बाइट’को दाग छ भने यी विशेष उपायहरु अपनाएर ती दागहरु हटाउन सक्नुहुनेछ ।

बेसार र नीम

यदि जुत्ताले खुट्टाको छाला उक्किएको छ भने अथवा त्यसले खुट्टामा घाउ बनाएको छ भने तपाईंले त्यसमा बेसार र नीमको पेस्ट लगाउनु सक्नुहुनेछ । उक्त पेस्टलाई समस्या भएको ठाउँमा १० मिनेटसम्म लगाउनुपर्छ । त्यसले छालालाई पूर्ण रुपले सुकाइदिन्छ र दाग पनि बस्न दिँदैन ।

कपूर र नरिवल

खुट्टाको छाला नयाँ जुत्ताका कारण चिलाएको अनुभव गर्नुभयो भने त्यसमा कपूरको धूलोमा केही थोपा नरिवलको तेल हाल्ने । त्यसलाई केही समयका लागि उक्त घाउमा लगाउनाले दुःखाई कम हुन्छ र दाग पनि बस्दैन ।

बदाम र जैतुन

बदामलाई पिसेर त्यसमा जैतुनको तेल मिसाएर प्रभावित भएको छालामा मसाज गर्नुपर्छ । जब छाला नरम हुन्छ, त्यसले खुट्टा धुनुपर्छ ।

चामलको पिठोको पेस्ट

चामलको पिठोको बेस्ट बनाएर त्यसलाई छालामा लगाउनुपर्छ । करिव १५ मिनेटसम्म लगाएर राखेपछि जब त्यो सुक्छ त्यसपछि खुट्टालाई मन तातो पानीले धुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment