Comments Add Comment

नेपाली सेनाको भर्ना छनौटमा अनियमितता, ४ सैनिकसहित २७ माथि अनुसन्धान

६ कात्तिक, काठमाडौं । नेपाली सेनाको भर्ना छनौटमा आर्थिक लेनदेन तथा अनियमितता भएको पाइएको छ ।

पाँच हजार ८०० जनाका लागि गत साउन १९ गते सूचना प्रकाशित गरी ४० भर्ना केन्द्रहरुबाट छनौट गर्ने क्रममा केही ठाउँमा अनियमितता भएको पाइएको हो ।

भर्ना प्रकि्रयामा सैनिककै संलग्नतामा कीर्ते तथा आर्थिक लेनदेन भएको आशंकामा नेपाली सेनाले अनुसन्धान गरी कारबाही प्रकि्रया अघि बढाएको छ ।

जंगी अड्डाका अनुसार ४ जना सैनिक र अन्य २३ जना गैरसैनिकहरुमाथि अनुसन्धान भइरहेको छ ।

उत्तर पश्चिम पृतना हेडक्वाटरको केन्द्रमा नक्कली परिचय पत्र बनाइ कीर्ते गर्ने ३ जना र श्री नम्बर ५ बाहिनी अड्डा, कैलालीको केन्द्रमा आर्थिक लेनदेन गरेको आशंकमा एक जना सैनिकमाथि अनुसन्धान भइरहेको जंगी अड्डाले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस सैनिक भर्नाको अनियमितता बाहिरिएपछि ‘सुराकी’ परिचालन

उत्तर पश्चिम पृतनाकै केन्द्रमा नक्कली परीक्षार्थी पठाएर परीक्षा दिन लगाउने ६ जना र ९ जना नक्कली परीक्षाथीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । केही व्यक्तिको खोजी भइहरेको नेपाली सेनाले जनाएको छ ।

यस्तै, जुम्लामा रहेको श्री नम्बर २४ बाहिनी अड्डा र कैलालीमा रहेको श्री नम्बर ५ बाहिनी अड्डाको केन्द्रबाट ४ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । उनीहरुलाई परीक्षा दिन लगाउने वास्तविक परीक्षार्थी भने फरार छन् ।

अन्य ३ वटा भर्ना केन्द्रमा पनि आर्थिक लेनदेनमा संलग्न ४ जना गैरसैनिक व्यक्ति पक्राउ परिसकेको नेपाली सेनाले जनाएको छ ।

यो पनि पढ्नुहोस सेना-सशस्त्रमा किन मागेजति अधिकृत उत्तीर्ण हुँदैनन् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment