+
+
Shares

एम्बाप्पेको हृयाट्रिकमा पीएसजीको शानदार जित

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ६ गते १३:५४

काठमाडौं । दोस्रो हाफमा मैदान प्रवेश गरेका केलियन एम्बाप्पेको हृयाट्रिकसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी)ले च्याम्पियन्स पलगमा क्लब बर्गमाथि शानदार जित हात पारेको छ ।

मंगलबार राति भएको खेलमा पीएसजीले क्लब बर्गमाथि ५-० गोल अन्तरको जित हात पारेको हो । खेलमा पीएसजीले सातौं मिनेटमा इकार्डीको गोलबाट अग्रता लिएको थियो । बाँकी चार गोल भने दोस्रो हाफमा भयो ।

५२ औं मिनेटमा मैदान प्रवेश गरेका एम्बाप्लेले १० मिनेटपछि गोल गरे । दुई मिनेटपछि इकार्डीले दोस्रो गोल गरे ।

खेलको ७९ औं मिनेटमा दोस्रो गोल गरेकी एम्बाप्पेले चार मिनेटपछि हृयाटि्रक पुरा गरे । यो जितसँगै पीएसजीलाई नकआउट चरणमा पुग्न मात्र एक अंक भए पुग्छ ।

समूह एमा रहेको उसको ३ खेलबाट ९ अंक छ भने दोस्रो स्थानमा रहेको रियल मडि्रडको ४ र तेस्रो स्थानमा रहेको क्लब बर्गको मात्र २ अंक छ । पुछारमा रहेको गालाटासरेको भने एक अंक मात्र छ ।

Results

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?