+
+
Shares

महोत्तरीबाट १ लाखको पटाका बरामद

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ६ गते १७:४१

६ कात्तिक, जनकपुरधाम । महोत्तरीबाट सशस्त्र प्रहरीको टोलीले १ लाख मूल्य बराबरको पटाका बरामद गरेको छ ।

भारतबाट ल्याउँदै गरेको पटाका महोत्तरीको सिमावर्ती क्षेत्र मटिहानीबाट बरामद गरी नष्ट गरिएको सशस्त्र प्रहरी निरीक्षक निरकृष्ण अधिकारीले जानकारी दिए ।

उनका अनुसार पटाका, फुलझरी, चक्र, चकलेट बमसहितका सामानहरु नियन्त्रणमा लिएर नष्ट गरिएको छ ।

दीपावली र छठ नजिकिदैं गर्दा भारतबाट पटाकासहितका बिष्फोटक सामान भित्र्याउने क्रम बढेको छ । यद्यपी सशस्त्र र नेपाल प्रहरीले सिमा नाकामा कडाइ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?