Comments Add Comment

समाजवादीसँगको एकता प्रक्रिया अन्तिम चरणमा : महतो

६ कात्तिक, जनकपुरधाम । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतोले समाजवादी पार्टीसँगको एकता प्रकृया सकारात्मक ढँगले अघि बढिरहेको  बताएका छन् । उनले पार्टी एकताको काम अन्तिम चरणमा पुगेको जानकारी समेत गराए ।

आफ्नो निर्वाचन क्षेत्र समेत रहेको जनकपुर उपमहानगरपालिकामा बुधबार उनले आफै आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रमममा महतोले दुवै पार्टीको नाम समायोजन हुने गरी पार्टीको नाम, छाप र भ्रातृ संगठन लगायतका बिषयमा सहमति भइसकेको बताए ।

‘अब केही कुरामा मात्रै सहमति हुन बाँकी छ’ उनले भने, “पार्टी अध्यक्षको जिम्मेवारी महन्थ ठाकुरलाई दिने र समाजवादीलाई सरकारबाट बाहिर आउनुपर्ने बिषयमा छलफल भइरहेको छ ।”

यी दुई बिषयमा समाजवादी पनि सकारात्मक देखिएको बताउँदै नेता महतोले एकीकृत भई अघि बढ्नुको विकल्प नभएको बताए ।

तत्काल पार्टी नेतृत्वमा कुरा नमिलेपनि तदर्थ समिति गठन गरी समायोजनको कुरालाई अघि बढाइने कुरामा पनि छलफल भइरहेको उनले जानकारी गराए ।

देशमा अहिले तेस्रो शक्तिको आवश्यक्ता रहेको उनले बताए । ‘नेकपा र कांग्रेसपछि देशलाई तेस्रो शक्तिको आवश्यक्ता छ’ उनले भने, “यी दुई पार्टी मात्र होइन् मधेशका सबै पार्टी र संघ–संगठनलाई एकजुट हुनैपर्छ ।”

उनले अब पार्टीको नाममा पसल थापेर राजनीति गर्न नसकिने बताए । ‘पसल थापेर गरिने राजनीति अब जनताले पत्याउँदैनन्’ महतोले भने, “जनताको मनोभावना बुझ्दै पार्टीको नाममा दोकानदारी गर्ने प्रवृतिको अन्त्य गर्ने समय आइसकेको छ ।”

कार्यक्रममा पार्टीका अर्का अध्यक्ष मण्डलका सदस्य शरत सिंह भण्डारी, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोज कुमार यादव, प्रदेश भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलसहितकाले मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment