Comments Add Comment

तिलोत्तमा प्रिमियर लिगमा ज्ञानोदय र मणिग्राम फाइनलमा

६ कार्तिक, बुटवल । रेन्बो ज्ञानोदय गोल्डस् र मणिग्राम किंगस् तेस्रो संस्करणको तिलोत्तमा प्रिमियर लिगको फाइनलमा पुगेका छन् ।

बुधबार सम्पन्न सेमिफाइनल खेलमा जित निकाल्दै ज्ञानोदय गोल्डस् र मणिग्राम किंगस्ले उपाधी भिडन्त पक्का गरेका हुन् । ज्ञानोदय र मणिग्राम लिग चरणका सबै खेलमा जित निकाल्दै समूह बिजेता बन्दै सेमिफाइनल प्रवेश गरेका टिम हुन् । लिग चरणमा समूह बिजेता बन्दै सेमिफाईनल प्रवेश गरेको मणिग्राम किंगस्ले बुधबारको दोस्रो खेलमा बुटवल युनाइटेडलाई १२ रनले पछाडि पार्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

प्रतियोगितामा पहिला ब्याटिङ्ग गरेको मणिग्राम किंगस्ले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४२ रनको योगफल तयार पारेको थियो । टिमका लागि रोहन केसीले सर्बाधिक ४२ रनको योगदान गरे ।

१ सय ४३ रनको लक्ष्यका साथ ब्याटिङ्ग थालेको बुटवल युनाइटेडलाई मणिग्राम किंगस्ले १९ दशमलव २ ओभरमा  १ सय ३१ रनमा रोकेको थियो । बुटवल युनाइटेडलाई सस्तैमा रोक्न मणिग्रामका अमर सिंह राउटेलाले आफ्नो ४ ओभरमा १९ रन खर्चेर ५ विकेट लिएका थिए ।प्रतियोगितामा मणिग्रामका अमर सिंह राउटेला म्यान अफ द म्याच भए ।

यस अघि बुधबारकै पहिलो सेमिफाइनल खेलमा पाल्पाली लिजेन्ड्स्लाई ९ रनले पराजीत गर्दै ज्ञानोदय गोल्डस् फाइनल प्रवेश गरेको छ । टस जितेर ब्याटिङ्ग गरेको ज्ञानोदयले ७ विकेटको क्ष्यतिमा १ सय ४५ रनको योगफल तयार पारेको थियो ।

जवाफि ब्याटिङ्ग गरेको पाल्पाली लिजेन्डस् १९ दशमलव ४ ओभरमा १ सय ३६ रनमा समेटिएपछि ज्ञानोदयले फाइनलको यात्रा निश्चित भएको हो । ज्ञानोदयको जितका लगि शंकर रानाले ६२ रनको योगदान गरे भने शिद्धार्थ राजशाहीले ३६ रनको योगदान गरे । पाल्पाली लिजेन्डस्लाई लक्ष्यमा पुग्नबाट  रोक्न ज्ञानोदयका दिवान पुनले ४ ओभरमा १३ खर्चेर ३ विकेट लिएका थिए । त्यस्तै जितेन्द्र शहानीले २३ रन खर्चेर २ विकेट लिएभने सिद्धान्त राजशाहीले २ साथै प्रतिश जिसी र कमल ओलीले समान १÷१ विकेट लिएका थिए ।

प्रतियोगितामा ज्ञानोदय गोल्डस्का शंकर राना म्यान अफ द म्याच भए । प्रतियोगितामा विजेता टिमले नगद ४ लाख र उपबिजेताले नगद २ लाख रुपैयां प्राप्त गर्नेछन्  । गत असोज २५ गते सुरु भएको प्रतियोगितामा प्रदेश ५ का १० टिमको सहभागिता थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment