Comments Add Comment

एक्सन रुमबाटै प्रधानमन्त्रीले गरे राष्ट्रिय गौरवका आयोजनाको अनुगमन

६ कात्तिक,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरु समयमै सम्पन्न गर्न कानून र नीति नियम बाधक भए त्यसमा तत्कालै सुधार गरिने बताएका छन् । तर, राष्ट्रिय गौरवका कार्यप्रगति पनि गौरवपूर्ण हुनपर्ने प्रधामनन्त्रीाको भनाइ छ ।

प्रधानमन्त्री कार्यलयको एक्सन रुमबाट आज विभिन्न राष्ट्रिय गौरवका आयोजनाहरुको अनुगमन गर्ने क्रममा ओलीले मन्त्रालयगत समन्वय नहुँदा कतिपय आयोजनामा असर परेको भन्दै एकले अर्कोसँग समन्वय गर्न निर्देशनसमेत दिए ।

प्रधानमन्त्री ओलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल,गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल,माथिल्लो तामाकोशी जलविद्युत आयोजना, भेरी बबई डाइभर्सन बहुउद्धेश्यीय आयोजनाको सम्बन्धित परियोजना प्रमुखहरुबाट भिडियो कन्फरेन्स मार्फत कार्य प्रगतिको जानकारी लिएका हुन् ।

रानी जमरा कुलरीया सिँचाइ आयोजना,सिक्टा सिँचाइ आयोजना र हुलाकी लोकमार्ग आयोजनाको कार्य प्रगतिको पनि प्रधामनन्त्रीले सम्बन्धित मन्त्रीहरुको उपस्थितिमा जानकारी लिएका छन् । प्रधानमन्त्री ओलीले भिडियो कन्फरेन्स मार्फत नै परियोजनामा विभिन्न ठाउँहरुमा भइरहेका निर्माण कार्यको अवलोकन गरेका छन् ।

प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्री,सचिव र परियोजना प्रमुखहरुलाई समय मै काम सक्न निर्देशन दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । ‘कामले गति त लिएको छ तर समय सीमाभित्र सक्नलाई अझै धेरै गति दिनु पर्दछू प्रधानमन्त्री ओलीले भने, ‘कामलाई गति दिन एक मन्त्रालय र अर्को मन्त्रालयबीचको समन्वयको आवश्यकता देखिन्छ । त्यसमा विशेष ध्यान दिनुहोस ।’

प्रधानमन्त्री ओलीले सरोकारवालाहरुलाई परियोजना स्थलको नियमित स्थलगत अवलोकन गर्न, सुक्ष्म रुपले अध्ययन गर्न, त्यहाँका समस्या सुन्न, सुझाव दिन र तत्काल समाधान गर्न पनि निर्देशन दिएका छन् ।

ओलीले भने-परियोजनामा सहज रुपले काम अघि बढाउन कुनै संघीय कानुन,प्रादेशिक कानुन वा मन्त्रिपरिषदको निर्णयको कारणले विलम्ब भएको छ भने त्यसमा सजग हुनुपर्दछ । हामी स्थलगत अनुगमनमा गएपछि परियोजनामा केही न केही सकारात्मक परिवर्तन हुनुपर्दछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment