+
+
Shares

कुमारी बैंक र एनबीआईको संयुक्त वित्तीय साक्षरता अभियान

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ६ गते १९:१४

६ कात्तिक, काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपाल बैंकिङ्ग ईन्स्टिच्युटसंग वित्तिय साक्षरता कार्यक्रम सम्बन्धी सहकार्य गरेको छ । आजको समयमा वित्तिय जागरूकता अत्यावश्यक रहेको कुरालाई मध्यनजर गर्दै उक्त सहकार्यात्मक सम्झौता गरिएको हो ।

विज्ञान र प्रविधिको द्रुत विकासले परेको सकारात्मक प्रभावसँग एक-साथ अघि बढ्न र आफूलाई वित्तिय स्वतन्त्रता तथा आत्मनिर्भरता तर्फ लम्काउने प्रयत्नका साथ सो कार्यक्रम बैंकले सम्पन्न गरेको जनाएको छ ।

बैंक तथा वित्तिय संस्था, तिनीहरुका विविध सेवाहरू, निक्षेप तथा कर्जाका उपकरणहरूको सही प्रयोग गरी वित्तिय पहुँच एवं समावेशिताको मूल लक्ष्यसहित पाल्पाका चार स्थानस् मुझुङ, यम्घा, बराङ्गदी तथा भुवनपोखरीमा त्यहाँका वासिन्दालाई आधारभूत वित्तीय शिक्षा, परामर्श एवं प्रशिक्षण दिई सम्पन्न गरेको छ ।

यस्ता अभियान पश्चात् स्थानिय वासिन्दाहरुमा चक्रवृत्ति व्याजजस्तो मर्कादायी चक्रव्यूहबाट बच्न सक्ने ज्ञान र आधार हुने बैंकको विश्वास छ ।

बराङ्गदीमा बैंकका डिजिटल बैंकिङ्ग प्रमुख अनिश ताम्राकारको अध्यक्षतामा प्रदेश नं ५ का प्रदेश-सभासद डा. पुरन्वान बज्राचार्य, शाखारहित बैंकिङ्ग एजेन्ट गण बहादुर बुढाथोकी , बैंकका उच्चपदस्थ अधिकारीहरू तथा स्थानिय व्यवसायिक प्रतिनिधिहरूको माझ सम्पन्न भएको छ ।

यसैगरी, मुझुङ्गमा शाखारहित बैंकिङ एजेन्ट गणेश बहादुर राना, यम्घामा शाखारहित बैंकिङ्ग एजेन्ट दया राज बस्याल तथा भुवनपोखरीमा शाखारहित बैंकिङ्ग एजेन्ट प्रेम प्रसाद श्रेष्ठसहित स्थानीय निकायका प्रतिनिधिहरु र बैंकका अधिकारी तथा स्थानिय एवं वासिन्दा व्यवसायिक प्रतिनिधिहरूको माझ सम्पन्न भएको छ । सोही अवसर पारि बैंकले शाखारहित बैंकिङ्गको पनि उद्घाटन एकै साथ् गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?