Comments Add Comment

नेपाल–बंगलादेशका चार सरकारी निकायबीच सहकार्यको सहमति

६ कात्तिक, काठमाडौं । नेपाल र बंगलादेश खाद्य प्रविधि तथा वनस्पती क्यारेन्टाइनको क्षेत्रमा आपसी सहकार्य गर्न तयार भएका छन् । नेपाल र बंगलादेशको सहसचिवस्तरीय चौंथो प्राविधिक समितिको बुधबार सम्पन्न बैठकमा यस्तो सहमति भएको हो ।

सहमतिअनुसार नेपालको खाद्य प्रविधि, कृषि तथा वनस्पती क्वारेन्टाईन, साल्ट ट्रेडिङ्ग र खाद्य व्यापार कम्पनी तथा बंगलादेशका सोहीस्तरका कम्पनीबीच सहकार्यका लागि एमओयू गरिने छ । नेपालमा उत्पादित धागो, अलैँची, अदुवा र अम्रिसो जस्ता कृषिजन्य उत्पादन भन्सार झमेलाबिना बंगलादेश निर्यात, चिकित्सा शिक्षा अध्ययनका लागि गएका बिद्यार्थीका समस्या समाधानका लागि नेपाली पक्षाले बंगलादेशी पक्षलाई आग्रह गरेको थियो ।

दुई देशबीच स्थल, जल र हवाई मार्ग मार्फत पारवहन कनेक्टीभिटी बिस्तार गर्न छलफल भए पनि कुनै सहमति भने नबनेको नेपाली पक्षबाट वार्ताको नेतृत्व गरेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिए । बैठकमा भन्सार शुल्कका झन्झट, लगानी प्रवद्र्धन तथा संरक्षणका विषयमा छलफल भए पनि सहमति भने बन्न सकेन । नेपाली पक्षले उठाएको मागमा सन्दर्भमा बंगलादेशी पक्ष सकारात्मक बनेको सहसचिव ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment