+
+
Shares

कुटपिटको आरोपमा जनप्रतिनिधि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ७ गते १०:०२

७ कात्तिक, तानसेन । पाल्पाको तिनाउ गाउँपालिका-६ मस्यामका ५१ वर्षीय मोहनवीर नेपालीलाई कुटपिट गरेको आरोपमा एक जना जनप्रतिनिधि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तिनाउ गाउँपालिका-६ मस्यामका वडा सदस्य चुन्नबहादुर विष्ट छन् ।

जातीय छुवाछूतविरुद्ध कसुर ऐन र कुटपिटसम्बन्धी पीडित नेपालीले दिएको उजुरीका आधारमा विष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक देवराज पौडेलले जानकारी दिए ।

विष्टलाईर् बुधबार बेलुकी नै जिल्ला अदालत पाल्पाबाट आठ दिनको म्याद थप गरेर अनुसन्धान थालिएको छ ।

आइतबार बिहान आर्थिक लेनदेनसम्बन्धी विवादमा विष्टले नेपालीलाई कुटपिट गरी घाइते बनाएका थिए । कुटपिटबाट नेपालीको आँखा, घाँटी र शरीरका विभिन्न भागमा चोट लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?