Comments Add Comment

करेन्ट लागेर जनकपुरमा एक जनाको मृत्यु

७ कात्तिक, काठमाडौं । करेन्ट लागेर धनुषामा बिहीबार एक जनाको मृत्यु भएको छ ।

जनकपुर उपमहानगरपालिका-२१ कर्थाका २३ वर्षीय अनिल पण्डितको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै घरमा जडान गरेको पानी तान्ने मोटरको स्वीच अन गर्ने क्रममा करेन्ट लागेर घाइते भएका पण्डितको उपचारका क्रममा अञ्चल अस्पताल जनकपुरमा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment