Comments Add Comment

वर्ल्ड लिंकमा १ अर्ब ३५ करोड विदेशी लगानी

७ कात्तिक, काठमाडौं । इन्टरनेट सेवा प्रदायक वर्ल्ड लिंकले १ अर्ब ३५ करोड रुपैयाँ वैदेशिक लगानी ल्याएको छ ।

बेलायतको विकास वित्त संस्था सिडिसी ग्रुपले सो रकम बराबरको वर्ल्ड लिंकको १० प्रतिशत इक्वीटी खरिद गर्न लागेको हो । सिडिसीले नेपालमा पहिलो पटक लगानी भित्र्याएको हो ।

बेलायत सरकारको पूर्ण स्वामित्वमा रहेको विकास वित्त संस्था सिडिसी ग्रुपले लामो समयदेखि विश्वका विभिन्न क्षत्रेमा लगानी गर्दै आएको छ ।

बिहीबार लगानी सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यो सम्झौतापछि कम्पनीको सेवालाई थप क्षेत्रमा विस्तार गर्न र गुणस्तर बढाउन सहयोग पुग्ने वर्ल्ड लिंकले जनाएको छ ।

कम्पनीका प्रवन्ध निर्देशक दिलिप अग्रवाल नयाँ लगानीले कम्पनीलाई विश्वस्तरीय बनाउन सहयोग पुग्ने बताउँछन् । उनका अनुसार यो विदेशी लगानीबाट कम्पनी निकै उत्साहित बनेको छ । यसको लाभ ग्राहकदेखि मुलुकले नै उठाउने कम्पनीको दावी छ ।

वर्ल्डलिंक अन्तरगत अहिले ३ हजार कर्मच्ाारी कार्यरत छन् अब लगानी थप भएपछि एक हजार थप रोजगारी सिर्जना हुने बताइएको छ ।

वरल्ड लिंक अहिले नेपालमा केबल इन्टरनेट सेवा प्रदायकमा एक नमबर स्थानमा छ । यो कम्पनीको सेवा अन्यको भन्दा उत्कृष्ट रहेको ग्राहकको अनुभवनाले पनि देखाएको छ ।

कम्पनीले थपिएको पुँजीबाट ग्राहकलाई थप सन्तुष्ट बनाउन सहयोग पुग्ने बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment