Comments Add Comment

सारी र कुर्तामा कसरी देखिने स्लिम ?

मोटोपन सधैं सबैका लागि चिन्ताको विषय बन्छ । खासगरी फेसन पारखीहरुका लागि त मोटोपन अभिसाप नै हो । बढ्दो आधुनिकीरणसँगै अहिले शहर-बजारमा मोटोपनाको समस्या बिकराल बन्दै गएको छ । खासगरी विवाहित नारीहरु विवाहपछिको मोटोपनका कारण निकै चिन्तित देखिन्छन् ।

मोटो शरीर भएका महिलाहरु साडी लगाउन डराईरहेका हुन्छन् । तर, उनीहरुलाई साडीमा पनि स्लिम देखिन सकिन्न भन्ने कुराको जानकारीको अभाव भएको हुन सक्छ । तर, जहाँ इच्छा त्यहाँ उपाय भने झैं खाईलाग्दा ज्यान भएका युवती तथा महिलाहरुले साडी र कुर्तामा कसरी आफूलाई सुन्दर, आकर्षक तथा स्टाइलिस देखाउने भन्ने बारेमा हामीले केही जानकारी लिएर आएका छौं ।

साडीमा स्लिम देखिन

-शरीरको मोटोपना लुकाउनका लागि सारीको रंग अत्यन्त महत्वपूर्ण हुन्छ । त्यसैले हल्का रंगका साडीहरु छनोट गर्नुपर्छ ।

-स-साना प्रिन्ट भएका साडी लगाउने हो भने पनि तपाईं स्लिम देखिन सक्नुहुनेछ ।

-सिफन, जर्जेट र क्रेपका साडी लगाउनाले पनि तपाईं स्लिम देखिन सक्नुहुनेछ । यी साडीहरु हल्का हुनाले तपाईंलाई स्मिल देखिन सहयोग पुग्छ ।

-यदि तपाईंको शरीर मोटो छ भने सिल्क, सुती तथा टिस्युका साडी लगाउनु हुँदैन ।

-मोटो शरीर भएका महिलाहरुले ठूल्ठूला प्रिन्ट भएका साडी लगाउनु हुँदैन ।

-ठूलो तथा मोटो बोर्डर भएको साडीले तपाईंलाई होची तथा मोटी देखाउनसक्छ । त्यसैले साडी छनोट गर्दा पातलो बोर्डर भएको तथा हल्का कढाई भएको साडी लगाउनुपर्छ ।

-माथि नै भनियो, साडीको रंगले पनि स्लिम देखाउन विशेष भूमिका निर्वाह गर्छ । कालो, गाढा रातो अथवा नीलो रंगको समडीले स्लिम देखिन सहयोग पुर्‍याउँछ ।

-साडी लगाउने क्रममा सही तरिकाले पिनअप गर्दा पनि तपाईं स्मिल देखिन सक्नुहुनेछ ।

-साडीलाई लुज लगाउँदा पनि शरीर मोटो देखिन्छ । त्यसैले साडीमा स्लिम देखिनका लागि साडीलाई राम्रोसँग कसेर बाँध्नुपर्छ ।

कुर्ता-सुरुवालमा स्लिम देखिन

-गाढा र चौडा गाला भएको कुर्ता लगाउनुपर्छ ।

-टाइट कुर्ता लगाउनु हुँदैन । धेरै लुज सुरुवाल पनि लगाउनु हुँदैन ।

-यदि तिघ्रा तथा नितम्ब ठूलो छ भने पातलो कम्मरमा ध्यान केन्दि्रत गराउने खालको सरुवाल लगाउनु पर्छ ।

-कलर भएको कुर्ता अथवा धेरै हेण्डवर्क गरिएको कुर्ता लगाउनुपर्छ । जसमा गला तथा कम्मरमा वर्क गरिएको होस् ।

-शरीरलाई फिट हुने शैलीका कुर्ता तथा अनारकली कुर्ता लगाउनुपर्छ ।

-कुर्ताको लम्बाई सधैं लामो हुनुपर्छ । जसले तपाईंलाई अग्ली तथा पातली देखाउँछ ।

-यदि पेट र कम्मर दुवै भाग मोटो छ भने ती दुवै स्थानमा ध्यान कम जाने खालको कुर्ता सुरुवाल छनोट गर्नु राम्रो हुन्छ ।

-भि-गला भएको कुर्ता शरीरलाई फिट हुन्छ र शरीरलाई पनि सुहाउँछ ।

-कटनको सुरुवालले पनि तपाईंलाई स्लिम देखाउँछ । यदि फिटिङ राम्रो छ भने कटनको सुरुवाल लगाउँदा स्लिम देखिन सकिन्छ ।

-कुर्तासँगै सुरुवालको स्थानमा चुँडीदार लगाएमा अझ स्लिम देखिन्छ ।

-सधै गाढा रंगको कुर्ता र सुरुवाल अथवा चुँडीदार हल्का रंगको छनोट गर्दा पनि स्लिम देखिन सकिन्छ ।

-कुर्ताको सललाई सधैं काँधमै राख्दा पनि तपाईं स्लिम देखिन सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment