+
+
Shares

मृत भेटिए अग्नि नियन्त्रक चौरसिया

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ८ गते २१:२५

८ कात्तिक, वीरगञ्ज । वीरगञ्जमा तन्नामा बेरेर फालिएको अवस्थामा एकजना अग्नि नियन्त्रकको शव भेटिएको छ । वीरगन्ज महानगरपालिका-१६ नगवा निवासी बुनिलाल चौरसियाको शव नगवा पोखरीको डिलमा भेटिएको हो ।

वीरगञ्ज महानगरपालिका-१६ का चौरसिया महानगरकै अग्नि नियन्त्रण महाशाखामा कार्यरत थिए । बिहीबार घरबाट पैसा उठाउन भनी हिँडेका चौरसियाको मोबाइल सोही दिन साँझबाट नै अफ थियो ।

कानबाट रगत बगेको तथा भुँडीमा धारिलो हतियारले काटेको चोट छ । प्रहरी नायव उपरीक्षक गौतम थापाले घटनाको प्रकृति हेर्दा हत्या जस्तै देखिएको बताए । ‘तन्नामा बेरेर फालिएको अवस्थामा शव भेटिएको छ, मारेर फालेको पनि हुन सक्छ,’ उनले भने, ‘पोष्टमार्टमपछि यसै हो भन्न सकिन्छ ।’

शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?