Comments Add Comment

प्रहरी महानिरीक्षक खनाल स्वदेश फिर्ता

Photo Credit : File Photo

९ कात्तिक, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल चिलीबाट स्वदेश फर्किएका छन् । चिलिको सान्टियागोमा गत असोज २८ देखि यही कात्तिक १ गतेसम्म सञ्चालन भएको अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)को ८८ औँ महासभामा भाग लिएर उनी शुक्रबार राति स्वदेश फर्किएका हुन् ।

एनसीबी नेपालका प्रमुखसमेत रहेका महानिरीक्षक खनाल इन्टरपोलको महासभामा भाग लिन गत असोज २६ गते राति चिलि प्रस्थान गरेका थिए ।

महासभामा भाग लिन उनीसँगै प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाही र प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीसमेत चिली गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment