+
+
Shares

तिहार मनाउन उपराष्ट्रपति पुन पुर्ख्यौली घर रोल्पामा

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ९ गते १०:२३

९ कात्तिक, रोल्पा । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ तिहार पर्व मनाउन आफ्नो पुर्ख्यौली घर रोल्पा आएका छन् । उनको घर रोल्पाको परिवर्तन गाउँपालिका-२ राङ्सीको डाँडागाउँ हो ।

पहिलो कार्यकाल उपराष्ट्रपति भएको बेला घर आएका पुनको दोस्रो कार्यकाल पछिको यो पहिलो आगमन हो । उपराष्ट्रपति पुनले तिहारमा दिदीबहिनीको हातबाट टीका ग्रहण गर्ने उनका भाइ भीमप्रकाश पुनले जानकारी दिए ।

उनले गत वर्षको तिहारमा आफ्नो एकमात्र दिदीको हातबाट टीका लगाउन पाएका थिएनन् । गत वर्ष उनलाई काठमाडौंमै चन्द्रमाया पुन, शोभा पुन, विमला पुन र शशी लामाले भाइटीका लगाइदिएका थिए ।

उपराष्ट्रपति पुनलाई रोल्पालीहरुले झाँकी तथा बाजागाजासहित स्वागतसमेत गरेका छन् ।

रोल्पा आएको मौकामा उनी गाउँपालिका स्तरमा हुने विभिन्न कार्यक्रममा सरिक हुने कार्यतालिका तय भएको वडाध्यक्ष हरिप्रसाद बुढाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?