Comments Add Comment

चितवन पर्यटन विकास समितिका पूर्वअध्यक्ष मैनालीको निधन

९ कात्तिक, चितवन । चितवन पर्यटन विकास समितिका पूर्वअध्यक्ष दिलिप मैनालीको निधन भएको छ । आन्द्राको क्यान्सरबाट पीडित मैनालीको ६३ वर्षको उमेरमा भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा गएराति निधन भएको हो ।

मैनाली विगत दुई वर्षदेखि क्यान्सर रोगबाट पीडित थिए । उनको देवघाटमा अन्त्येष्टि गर्ने तयारी गरिएको छ ।

उद्योग वाणिज्य संघ चितवनको सल्लाहकारसमेत रहेका मैनाली दुई दर्जनभन्दा बढी सामाजिक संघसंस्थामा आवद्ध थिए । मैनालीले ७ वर्ष चितवन पर्यटन विकास समितिको अध्यक्ष भएर जिल्लाको पर्यटन विकासको क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

चितवन पर्यटन विकास समितिका अध्यक्ष वदि्र अधिकारीले मैनालीको निधनले जिल्लाको सामाजिक क्षेत्रमा ठूलो क्षति भएको बताए । ‘उहाँ जिल्लाको पायोनियर नै हुनुहुन्थ्यो, हरेक सामाजिक क्षेत्रमा आवद्ध हुने र उत्पेरणा जगाउने गर्नुहुन्थ्यो,’ अध्यक्ष अधिकारीले भने, ‘चितवनमा पर्यटनको क्षेत्रमा विषेश गरी होटलहरु स्थापना गर्नुमा उहाँको ठूलो योगदान छ ।’

मैनालीले नै भरतपुरमा सबैभन्दा पहिला सुविधा सम्पन्न होटल ‘कि म्यान’ खोलेका थिए । सौराहा र अन्य क्षेत्रमा पर्यटकीय होटल खोल्न र पर्यटकीय गतिविधि विस्तार गर्न मैनालीको योगदान छ । चितवनलाई तेस्रोबाट दोस्रो पर्यटकीय केन्द्रका रुपमा विकास गर्न सके मैनालीको सपना साकार हुने पर्यटन समितिका अध्यक्ष अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment