Comments Add Comment

मकवानपुरमा तिहारलक्षित चेकिङ, कुकुरसहित सुरक्षाकर्मी परिचालित

Photo Credit : Nepal Police/File

९ कात्तिक, हेटौंडा । मकवानपुर प्रहरीले तिहारलाई लक्षित गर्दै नाका क्षेत्रमा सुरक्षा जाँचमा कडाइ गरेको छ ।

प्रहरीले दक्षिण नाकामा रातोमाटे, पश्चिममा मनहरी र उत्तर खण्डमा भिमफेदी तालिमप्राप्त कुकुर प्रयोग गरी जाँच गर्दै आएको छ । सुरक्षा जाँचमा नेेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली खटिएको छ ।

प्रतिवन्धित पार्टीका गतिविधि र तिहार केन्द्रित बारुदजन्य पदार्थलाई नियन्त्रण गर्ने मुख्य उद्देश्यले सुरक्षा अभियान चलाइएको मकवानपुरका प्रहरी उपरिक्षक मुकेश सिंहले बताए । यस्तो अभियान छठसम्म जारी रहने उनले बताए ।

आफूहरुको अभियानबाट आम मानिसमा सकारात्मक सन्देश पुगेको प्रहरीको विश्वास छ । सुरक्षाको हिसाबले प्रहरी राजमार्गमा रहनु, तिहार केन्दि्रत सामग्री रोक्दा मानिसमा हुने त्रासलाई कम गर्न सकिएकोे प्रहरी अधिकारीहरु बताउँछन् ।

नाका क्षेत्रमा गरिएको सुरक्षा जाँचबाट भारतबाट भित्राइएका पटाकाहरु बरामद गरी नष्ट गर्ने गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment