Comments Add Comment

सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न खोज्योः देउवा

९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न खोजेको बताएका छन् । लामो लडाइँपछि प्राप्त अधिकारको रक्षाका लागि काङ्ग्रेस एकजुट हुनुपर्ने उनको जोड छ ।

कांग्रेस काठमाडौं क्षेत्र६ ले आयोजना गरेको ‘शुभकामना आदानप्रदान कार्यक्रममा देउवाले भने, ‘सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न खोजेको छ, लोकतन्त्रको रक्षाका लागि काङ्ग्रेस एकजुट हुनुपर्छ ।’

सरकारले संविधानको मर्म र भावनाविपरीत जनताको अधिकारलाई कुण्ठित गर्न खोजेको उनको आरोप छ ।कांग्रेस सभापति देउवाले पार्टीलाई एकजुट बनाएर अगाडि बढ्न आफू गम्भीर बताए । पार्टीभित्र अन्तर्घात बढेका कारण निर्वाचनमा पराजय भोग्नुपरेको भन्दै उनले चाडपर्वले पार्टीभित्र एकताको सन्देश दिन सहयोग पुग्ने बताए ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आगामी दिनमा लगातार तीन निर्वाचन जित्ने गरी काङ्ग्रेस सङ्गठन विस्तारमा लाग्नुपर्ने बताए ।

सांसद भीमसेनदास प्रधानले पार्टीभित्र देखिएको गुटउपगुट अन्त्य भए मात्र आगामी निर्वाचनमा काङ्ग्रेस विजयी हुने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment