Comments Add Comment

‘च च हुई’ ट्रेलरमा आर्यन, भोला र मिरुनाको कमेडी

नायक आर्यन सिग्देललाई दर्शकले मंसिर ६ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘ च च हुई’मा कमेडी अवतारमा देख्न पाउने भएका छन् । चलचित्रको ट्रेलरमा आर्यन कमेडी अवतारमा देखिएका छन् । चलचित्रको ट्रेलरमा मुख्य कलाकारहरु आर्यन सिग्देल, भोलाराज सापकोटा, मिरुना मगर, माओत्से गुरुङलाई देख्न सकिन्छ ।

विदेशमा काम गरिरहेका २ यूवालाई एउटा पुस्तकले ल्याउने उतारचढावको कथामा यो चलचित्र बनेको छ । मानिसको जिन्दगीको पिङमा हुने च च हुईलाई चलचित्रको पर्दामा देखाइएको छ । साम्तेन भुटियाले चलचित्रको सम्पादन तथा निर्देेशन गरेका हुन् ।

एजीएल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई अमृत घोलेले निर्माण गरेका हुन् । चलचित्रमा सुशन प्रजापतिको छायांकन, सिजन दाहाल र सन्देश अर्यालको पटकथा छ । यस्तै, चलचित्रमा राजनराज सिवाकोटी र रोशन थापाको संगीत, श्री श्रेष्ठको एकसन, शिशिर खातीको कोरियोग्राफी छ ।

नायक आर्यन सिग्देलले कमेडी जनरामा चलचित्र राम्रो बनेको बताए । उनले भने–‘हङकङमा रहेको म र मेरो साथी भोला किन हिमाल पुग्छौ भन्ने कथालाई चलचित्रले उठाएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment