Comments Add Comment

‘कोही भन्छन् रसिली छु रे’ गीतमा नीताको हट आइटम

एक्सन निर्देशक अष्ट महर्जनको डेब्यू निर्देशनमा तयार भएको चलचित्र ‘गुनगुन’मा नायिका नीता ढुंगानाले आइटम नृत्य गरेकी छिन् । ‘कोही भन्छन् रसिली छु रे’ बोलको गीतमा नीताको हट आइटम हेर्न सकिन्छ । अमृत महरठ्ठाको शब्द तथा कल्याण सिंहको संगीतमा तयार भएको गीतमा बानिका प्रधानले आवाज भरेकी छिन् ।

कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोलाई राजेश श्रेष्ठले खिचेका हुन् । चलचित्रको गीतमा ढुंगानाको साथमा चलचित्रका मुख्य कलाकारहरु सरोज खनाल, प्रितमराज सेन्चुरी र कविर खड्कालाई देख्न सकिन्छ ।

चलचित्रमा नायिका सारा सिर्पालीको पनि मुख्य भूमिका छ । चलचित्रको अब दुई गीतको छायांकन बाँकी रहेको निर्माणपक्षले बताएको छ । चलचित्रलाई फागूणको पहिलो साता रिलिज गर्ने तयारी गरिएको छ ।

महेश दवाडीको कथा रहेको यो चलचित्रमा कल्याण सिंह र अर्जुन पोखरेलको संगीत, राजेश श्रेष्ठको छायांकन र कविराज गहतराजको कोरियोग्राफीछ । ए.एच इन्टरटेनमेन्ट प्रा.ली.को ब्यानरमा हिरा कृष्ण शाहीको प्रस्तुती रहेको चलचित्रमा सुनिता शाहीको लगानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment