Comments Add Comment

तमिमले भारतविरुद्ध नखेल्ने

१० कात्तिक, काठमाडौं । बंगलादेशका ओपनर ब्याट्सम्यान तमिम इकबलले भारतविरुद्धको टेष्ट र टी–२० क्रिकेट नखेल्ने भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार तमिमले व्यक्तिगत कारण देखाउँदै भारत टुरबाट आफ्नो नाम फिर्ता लिएका हुन् । उनको स्थानमा बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले इमरुल कायसलाई टिममा बोलाएको छ ।

तमिमकी श्रीमतीले यही महिनाको अन्त्यमा दोस्रो सन्तानको रुपमा बच्चा जन्माउने मिति छ । त्यहि कारणले तमिमले भारत टुरमा नजाने भएका हुन् ।

बंगलादेशले भारतसँग नोभेम्बर तीनदेखि १० सम्म तीन खेलको टी–२० क्रिकेट सिरिज खेल्नेछ । त्यसपछि नोभेम्बर १४ देखि २६ सम्म दुई खेलको टेष्ट क्रिकेट सिरिज खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment